तीजको दिन र महिला मुक्तिको प्रश्न

सूर्या थापा

देशमा विद्यमान रुढीवादी सामन्ती संस्कार र धार्मिक परम्परागत अन्धविश्वासले महिलाहरुमा मनोवैज्ञानिक असर यसरी पारेको छ जसले गर्दा उनीहरुले आफूलाई पुरुष सरह कहिले पनि दाँज्ने प्रयत्न गर्ने साहस गर्न सकेन । हमेशा आफूलाई पुरुष भन्दा कमजोर ठान्दै आएका छन्, सम्पूर्ण आर्थिक, सामाजिक,सांस्कृतिक रुपले महिलाले पाउने अधिकारबाट बञ्चित गरिएकोमा उनीहरुले महशुस नगरेका होइन्न् । बञ्चित हुनमा उत्पादन क्षेत्रमा प्रमुख भूमिकाको स्थान जब पितृसत्तात्मक समाज भयो तबदेखि समाजमा महिलाबाट पुरुषमा भयो ।
त्यसबेलादेखि पुरुषले महिलामाथि गर्ने परम्परा बसाल्यो तर त्यसलाई बंग्याएर महिला वर्गलाई ती सबै पूर्वजको फल हो, भाग्यको रेखा हो, यो देवताको पालादेखि चलि आएको चलन हो, यसलाई जरैदेखि उखल्न सम्भव छैन भन्ने किसिमका तर्कहरु दिमागमा घुसाई दिएका छन् र सयौं वर्ष, हजारौं वर्षदेखि जरा गाडिएको संस्कारले गर्दा यसको उपाय छ र यी सम्पूर्ण जाल रच्नमा जिम्मेवार को हो ? कसलाई भन्ने यी सम्पूर्ण विषयहरुमा महिलाहरुले चिन्तन मनन् गरेर, अध्ययन गरेर हेर्ने बिरलै होला । फेरि यस किसिमको सोच्ने अनुकूल वातावरण पुरुष वर्गले अथवा यस समाजले सिर्जना नै गर्न दिएन । सामन्ती संस्कार पुँजीवादी संस्कारले महिलालाई आफ्नो आत्म तृप्ती गर्नको लागि यी विभिन्न खालका हथकण्डा रुपी माध्यम अपनाई शोषण गरेका छन् भन्ने विषयमा नै अनभिज्ञ छन् । यसको विरोध गर्न र यसलाई अन्त्य गर्न सम्पूर्ण महिलाहरु एकजुट हुन जरुरी छ र यहाँ प्रतिक्रियावादी कानुनले महिलालाई जुन किसिमको नागरिक हक र अधिकारबाट बञ्चित गराएका छन् । यी सम्पूर्ण सवालबारे स्पष्ट हुनुआजको आवश्यकता हो ।
यो देश अर्ध सामन्ती र अर्ध औपनिवेशिक व्यवस्था भएकोले यहाँ यस देशका ९५ प्रतिशत जनता शोषित छन्। ५ प्रतिशत शोषकको रुपमा जो छन् ती मुठ्ठीभर व्यक्तिहरुले ९५ प्रतिशत जनताहरुलाई सम्पूर्ण अधिकारबाट वंचित गराइएका छन् ती बहुसंख्यक जनतामाथि शासन चलाएका छन् जसले गर्दा तिनीहरुको सम्पूर्ण गाँस, बास र कपासको समस्यामाथि दृष्टि लगाइदैन र ती ९५ प्रतिशत जनता मध्येमा महिलाहरुको पनि समस्या गाँसिएको छ ।साथै सामन्ती व्यवस्था कै स्वरुप यहाँ महिलाहरुलाई आर्थिक रुपले पुरुषलाई भन्दा बेग्दै अथवा दोस्रो नागरिकको रुपमा हेर्ने गरिन्छ। जस्तो कि एउटै बाबु आमाको कोखबाट जन्मने छोरा त्यस बाबुआमाको सम्पत्तिको अधिकारी हुन्छ तर छोरी हुँदैन ।
विवाह अगाडि पनि दयाको भीखबाट पालिएकी हुन्छे र विवाह पश्चात पनि लोग्ने र सासुससुराको दायाबाट बाँचिएको हुन्छे । उसको कुनै किसिमको सुरक्षाको ग्यारेन्टी हुँदैन । त्यसको अलवा भित्री बाहिरी घर धन्दाको सम्पूर्ण जिम्मेवारी उनकै थाप्लोमा सुम्पिएको हुन्छ यदि त्यस्ता तलमाथि परेमा अपहेलित, अमर्यादित रुपमा नारकिय जीवन बिताउन बाध्य हुनुपर्ने हुन्छ । यो हुनमा व्यक्तिगत सम्पत्तिको कारणले हो । यसको
विकल्प के त ?यसको प्रति उत्तरमा केवल उनीहरुले भोगेका ती कथा, व्यथा,बेदनाहरु कसलाई भन्ने अथवा को मार्फत् जाने ? भन्दा वर्ष दिनको एक पटक तीज आउँछ त्यही तीजको अवसरमा आफ्नो हल्का बनाउने, आफूभित्र भएका दिल गुम्सिएका बेदनाहरु बाहिर पोख्ने माध्यमको रुपमा मान्दै आएका छन् । उही अन्यायपूर्ण संस्कारभित्र रुमलिराखेका हुन्छन् तर महिलाहरुमाथिको अन्याय अत्याचार र शोषणको कारकतत्वमाथि गम्भीरतापूर्वक बुझ्ने प्रयासमा कमी छ तसर्थ महिला मुक्तिको लागि सही मार्ग दर्शन कुन हो ? भनेर महिलाहरुको लागि महिला स्वयं आन्दोलित हुन सकेमा आफ्नो समस्याको समाधान अपरिहार्य छ यसको लागि नयाँ जनवादी क्रान्ति विना सम्भव छैन । त्यसकारण सम्पूर्ण महिला दिदीबहिनीहरुले तीजको दिनमा बेदना पोख्ने मात्र माध्यम नबनाई भित्री मनस्थितिलाई निडर बनाई विद्रोहको भावनामा बदल्नु पर्ने आवश्यकता छ र महिला मुक्तिको बाटोमा अग्रसर हुन यसपालिको तीजले यही सन्देश बोकेर नयाँ जनवादी क्रान्तिको लागि जमर्को हुनेछ भन्ने अभिलाषा लिएकी छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित