स्वीडेनमा वामपन्थी गठबन्धनको तीन सिटको झिनो बहुमतका साथ जित हासिल

 

काठमाडौं । स्वीडेनमा वामपन्थी गठबन्धनले  तीन सिटको झिनो बहुमतका साथ जित हासिल गरेको छ । गत सेप्टेम्बर १३ मा स्वीडेनमा आम निर्वाचन भएको थियो ।  सेप्टेम्बर १७ बिहीबार मतगणना सकिएसँगै स्वीडेनको निर्वाचन आयोगले स्टकहोमस्थित ३४९ सदस्यीय संसद (रिक्सडाग) मा चार वामपन्थी विपक्षी दलहरूले १७६ सिट जितेको घोषणा गर्‍यो। स्वीडेनका प्रधानमन्त्रीले आम निर्वाचनमा वामपन्थी विपक्षी गठबन्धनले झिनो अन्तरले जित हासिल गरेपछि राजीनामा दिने घोषणा गरेका छन् । यद्यपि, गठबन्धन सरकार गठनका लागि उनीहरूले कठिन वार्ताको सामना गर्नुपर्ने देखिन्छ।

निवर्तमान कन्जरभेटिभ –नेतृत्वको सरकारमा सहभागी वा त्यसलाई समर्थन गर्ने चार दलले १७३ सिट प्राप्त गरे । यसको अर्थ वामपन्थी गठबन्धनले तीन सिटको झिनो बहुमतका साथ जित हासिल गर्‍यो।

करिब १ करोड ६ लाख जनसंख्या भएको यस देशमा दुई पक्षबीचको मतान्तर करिब ५० हजार मात्र थियो।नतिजा सार्वजनिक भएको केही समयपछि नै प्रधानमन्त्री उल्फ क्रिस्टरसनले राजीनामा दिने घोषणा गरे।

पूर्वप्रधानमन्त्री मग्डालेना एन्डरसनको मध्य –ुसोसल डेमोक्र्याट्सु पार्टीले केही समर्थन गुमाए पनि सबैभन्दा ठूलो एकल दलको रूपमा स्थान बनायो। यस नतिजाले सन् २०२२ मा गुमेको पद पुनः प्राप्त गर्ने उनको आशालाई बल पुर्‍याएको छस तर वामपन्थी झुकाव भएको गठबन्धन ९जसमा सोसल डेमोक्र्याट्स, लेफ्ट पार्टी, ग्रिन्स पार्टी र सेन्टर पार्टी समावेश छन्। भित्रको वैचारिक मतभेदका कारण सरकार गठन गर्ने कार्य भने अझै पनि जटिल रहनेछ।

लेफ्ट पार्टीले मन्त्री पद पाउनुपर्ने अडान राख्दै आएको छ, तर सेन्टर पार्टीले भने लेफ्ट पार्टीका लागि मन्त्रिपरिषद्मा पदहरू समावेश गरिएको सरकारको विरोध गर्ने बताएको छ। अर्कोतर्फ, एन्डरसनले लेफ्ट पार्टीलाई समावेश गरेर सरकार बनाउने सम्भावनालाई अस्वीकार गरेकी छिन्, तर उनले स्विडेनको संसदमा उनीहरूको समर्थन भने चाहेकी छिन्।संसद्ले नयाँ प्रधानमन्त्रीका लागि सबैभन्दा चाँडो २९ सेप्टेम्बरमा मतदान गर्न सक्नेछ।

निर्वाचनको रात क्रिस्टरसनले एन्डरसनको सरकार गठनको प्रयासलाई सम्मान गर्ने बताए, तर उनको वामपन्थी गठबन्धनभित्र देखिएको विभाजनलाई मध्यनजर गर्दै उनलाई शुभकामना पनि दिए।

यसैबीच, एउटा ठूलो आश्चर्यजनक घटनाक्रममा, सन् २०१० मा संसद् प्रवेश गरेको आप्रवासन दल ुस्विडेन डेमोक्र्याट्सु ले पहिलो पटक आफ्नो जनसमर्थन गुमायो । यस दलले १७. ५ प्रतिशत मत प्राप्त गर्‍यो, जुन सन् २०२२ को अघिल्लो निर्वाचनको तुलनामा तीन प्रतिशत विन्दुले कम हो।

नोट : अन्तरराष्टिय सञ्चारमाध्यम अलजजिराबाट प्राप्त जानकारीका आधारमा यो समाचार तयार पारिएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित