कैलालीको अत्तरियामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको १ र २ नम्वर व्युरोको सँयुक्त कार्यालय स्थापना

 

धनगढी। कैलालीको अत्तरियामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको १ र २ नम्वर व्युरोको सँयुक्त कार्यालय स्थापना भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य परि थापाले रेवन काटेर कार्यालयको उद्घाटन गर्नु भएको हो ।

सोहि कार्यालयमा सुदूरपश्चिममा पार्टी सुदिढिकरण सम्वन्ध १ दिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ।कार्यक्रमको सञ्चालन पार्टीका सिसिएम तथा १ न. व्युरो सचिव रामवहादुर महरा अध्यक्षता सिसिएम तथा २ न.व्युरो सचिव लालवहादुर मडै, स्वागत भाषण सिसिएम रुद्र कडेलले गर्नु भएको थियो । । कार्यक्रमको उद्धाटन व्यानर वाचन गरेर प्रमुख अथिति स्थायी समिति सदस्य परि थापा गर्नुभएको थियो।अतिथिमा पिविएम तथा सुप इञ्चार्ज लालवहादुर जाग्री हुनुहुन्थो।

प्रशिक्षणमा वैतडी अछाम डडेल्धुरा कैलाली र कञ्चनपुरका गरी पाँच जिल्लाका जिल्ला तथा व्युरो स्तरिय करिव पैतिस जना कार्यकर्ताहरुको सहभागीता रहेको व्युरो सचिव लालवहादुर मडैले वताउनुभयो । । प्रशिक्षणमा समसामयिक राजनीति र साम्राज्यवाद विरुध्दको मोर्चाका वारे परि थापा र पाटी सुदिढीकरण सगठनात्मक प्रणाली र अनुशासन वारे लालवहादुर जाग्रीले प्रशिक्षण दिनु भएको थियो।

सवै जिल्लाका सहभागीहरुको गुरुप छलफल पछि आ–आफ्ना जिल्लामा पार्टी सुदिढिकरण सम्वन्धि ठोस योजना पेश गरेका थिए। कार्यक्रमका सहभागीहरु मध्ये मोहन थापा र मिना कडेलले प्रशिक्षण वारे आ( आफ्ना धारणा राख्दै यसले कार्यकर्तामा नयाँ जोस उर्जा थपको कुरा वताएका थिए।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित