पार्टीको विद्रोही पहिचान बनाउन पर्छ

 

डा. शम्भु कट्टेल

केन्द्रीय सल्लाहकार सदस्य, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल 

 

अन्तरवार्ता

१– कमरेड अभिवादन ! परिचय सहित संक्षिप्तमा आफ्नो राजनीतिक पृष्ठभूमिका बारेमा बताइदिनु न ।

– म शम्भु कट्टेल (प्रा.डा.)। लगभग २०३३ बाट चौथो महाधिवेशनमा प्रवेश गरी मोहन बिक्रम, मोहन वैद्य, प्रचण्ड र

पुनःवैद्य नेतृत्वको पार्टी गरी २०८३ सम्ममा कहिले पूर्णकालीन त कहिले अल्पकालीन रुपमा लगभग ५० वर्षको पार्टी जीवन भएको, किसान आन्दोलन, मजदुर आन्दोलन, बौध्दिक आन्दोलन, प्रकाशन तथा विदेश कार्यको अनुभव छ। विगत केही वर्ष देखि वैद्य नेतृत्वको पार्टीको बुध्दिजीवी संगठन तथा सल्लाहकारको भूमिकामा रहँदै आएको छु ।

२– आज पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठकमा सहभागी हुन आउनुभएको रहेछ, पार्टी र जनतालाई अगाडि बढाउन के कस्ता सुझाव सल्लाह दिनुहुन्छ ?

– पार्टीलाई मैले दिएको सल्लाहः

क. पार्टीले विद्रोही पहिचान बनाउन सकेको छैन। गरीव जनताले उनिहरुको हित गर्ने विद्रोही पार्टीको खोजी गरेका छन्, तर त्यो पाउन नसकेर निराश छन्।पार्टी अरु नामधारी पार्टीहरु जस्तै देखिन गएको छ।यो स्थितिलाई बदलेर विद्रोही पहिचान बनाउन पर्छ।यो भएमा युवा पुस्ता समेत पार्टीमा आउंछन्।

ख. पार्टीको लगभग दुई बर्ष अघि २०८१ मंसिरमा भएको एकता महाधिवेशनले लिएका नीति तथा कार्यक्रम केही कमि सहित धेरै हदसम्म क्रान्तिकारी छ तर त्यसको कार्यान्वयन भइरहेको छैन। कार्यान्वयन हुन पर्यो।

ग. भारतको पश्चिम बंगालमा धेरै बर्ष शासन गरेको कम्युनिष्ट पार्टी विगत देखिनै बदनाम हुंदै आएको र अहिले आएर चुनावी दौडमा पत्तासापै भएको हामीले देखेका छौं र नेपालका संसदीय कम्युनिष्ट पार्टीहरुको पनि त्यही अवस्था रहेको हामीले भोगेका छौं।यी पार्टीहरु जस्तै हामी पनि शहरमा खुला कार्यालय र झण्डा राखेर सानातीना शहरी गतिविधि गरेर बसेको पन्ध्र बर्ष भइसक्यो।यसले पार्टीलाई क्रान्तिकारी तयारी तर्फ लैजादैन। शहरी तथा वैधानिक संघर्षको लागि पार्टीको अप्रत्यक्ष अगुवाइमा खुला मोर्चा बनाएर पार्टीलाई भूमिगत राख्नुपर्छ र क्रान्तिकारी तयारीमा लाग्न पर्छ।खुला मोर्चाले राष्ट्रियता, जनतन्त्र र जनजीविकामा सुधार ल्याउने, पुरानो सत्तालाई कमजोर पारेर क्रान्तिकारी कामको पक्षमा जनमत बनाउनु पर्छ।

३– जेनजी आन्दोलनपछिको युवाहरूमा कम्युनिस्ट आन्दोलनप्रतिको आकर्षण र विश्वासमा कमी आएको भन्ने विश्लेषण भइरहेको छ। कथित लोकप्रियतावादीहरूको अगाडि परेर जेनजी (नवयुवाहरू) लाई कसरी सही दिशामा डोर्‍याउन सकिन्छ ?

– समस्या हल भएको छैन, ज्युं का त्युं छ। जेन्जीका नाममा सरकारमा गएकाहरुले गरीवको पक्षमा काम गरिरहेका छैनन्, भ्रष्टाचारीहरुलाई कारबाही र भ्रष्टाचारको चल अचल सम्पत्ति राज्य कोषमा काम भइरहेको छैन, रोजगारी सिर्जनाको कुरा त परै छ। उनीहरुले पुरानो सत्तासंग मिलेमतो गरिरहेको आभाष हुन्छ। त्यसैले, जेन्जीहरुले आक्रमण चालु राख्न पर्छ। आक्रमण बदमास व्यक्तिमाथि मात्र होइन, बदमासी जन्माउने प्रणाली विरुद्ध पनि हुनुपर्छ, अन्यथा नयाँ नयाँ बदमास र बदमासी जन्मेको जन्मेइ गर्नेछ।

४– साथै, फरक धारमा रहेका क्रान्तिकारी कम्युनिस्टहरूका दस वर्षभित्रका मुख्य चुनौतीहरू के के छन् ?

– काम देखेपछि छरिएका शक्तिहरु नजीक आउँछन्। पार्टीले आफ्नो सानो जनशक्तिको सदुपयोग गरेर जनसमर्थन पाउने काम र गरीव र जनबिरोधीहरुलाई कानूनी, जनकचहरि, उत्पादन इकाइ साथै युवाहरुको गाउँ सुधार समिति मार्फत दनक दिन थालेपछि जनताको आकर्षण बढ्छ।

यसमा तलका कामहरु पनि आबश्यक पर्दछ :
क. देशमा देशभक्तहरुको अलग मोर्चा बनाउनु पर्छ। माथि भनिएको पार्टीको अप्रत्यक्ष नेतृत्वको राष्ठ्रियता, जनतंत्र र जनजीविका पक्षधरहरुको खुला मोर्चाले त्यो देशभक्तहरुको मोर्चालाई समेत समेटेर राष्ठ्रियता, जनतंत्र र जनजीविकामा सुधारको लागि संघर्षहरुको नेत्रित्व गर्नु पर्छ र त्यो खुला मोर्चा र खुला आन्दोलनलाई समर्थन र सहयोग गरेर कम्युनिष्टहरुले अप्रत्त्यक्ष नेतृत्व लिने प्रयास गर्न पर्छ।

ख. संयुक्त मोर्चालाई कार्यगत, रणनीतिक र पार्टी एकता गरी तीन भागमा बांड्न पर्छ। कार्यगत एकता माथि भनिएको देसभक्त मोर्चा, खुला क्रान्तिकारी मोर्चा, जनवर्गीय संगठनहरु, साझा उत्पादनमा लागेका संघ संस्छाहरु र देशघाती र जनघाती भनेर बदनाम भएका शक्ति बाहेक सबैसंग राष्ठ्रियता, जनतंत्र र जनजीविकाका बिषयहरुमा (issue-based)  गर्नुपर्छ। यो छोटो अवधिको हुन सक्छ। रणनीतिक मोर्चा मित्र पार्टी, मित्र संघसंस्था र सरकाररसत्ता बिरुध्द उभिएका साझा उत्पादनमा लागेका संघ संस्कारहरुसँग तात्कालिक लक्ष्य  (immediate programme)  मा समानता भएका शक्तिहरुसँग केही लामो समयको लागि हुनसक्छ। पार्टी एकता मालेमाको आधारमा कार्यदिशा र रणनीतिक लक्ष्य मिल्ने शक्तिहरुसंग मात्र हुनु पर्छ।

ग. चुनावी काम, शहरी र बौध्दिकरजनचेतना वृद्धि रअदालती काम र जनसंघर्षका काममा खुला मोर्चालाई अघि सारी पार्टीले यबै चीजको संयोजन, सैद्धान्तिक अगुवाइ साथै जनप्रतिरोध संघर्ष र फौजी कामलाई संगठित र संचालन गर्न पर्छ।

घ. गरीव वस्तीहरु केन्द्रित उत्पादन अभियान, संयुक्त मोर्चा र जनसंघर्षमा ध्यान दिनु पर्छ।

ङ. अन्तर्राष्ट्रिय जनमत, सैद्धान्तिक विकास र ऐक्यबद्धतामा पनि ध्यान दिनुपर्छ।

(नोट:ईन्द्र राउतद्वारा यो अन्तरवार्ता लिइएको हो । )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित