भक्तपुर । दलित र गैरदलितबीच बिबाह गर्ने रामेछापको एक जोडीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा ९ ब्युरो कार्यालय सचिव झनक श्रेष्ठको बुवा लालकृष्ण श्रेष्ठको स्मृतिमा दलित र गैरदलितबीच बिबाह गर्ने रामेछापको रामेछाप नगरपालिका-५ स्थित सिम्लेटोल घर भएका हाल भक्तपुरको सुर्यबिनायक नगरपालिका-३ स्थित घिमिरेचोकमा बस्नु भएको एक जोडी राजेश रनपहेली र रेखा बस्नेतलाई दुई हजारसहित सम्मान-पत्र सम्मान तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा लालकृष्ण श्रेष्ठ र भवमाया श्रेष्ठका छोरा साइलो झनक श्रेष्ठद्वारा राजेश रनपहेली र रेखा बस्नेतलाई सम्मान गर्नुभएको थियोे । राजेश रनपहेलीको छोराहरू जेठा छोरा राज रनपहेली, कान्छो छोरा लक्की रनपहेली र भाइ किरण रनपहेली उता श्रेष्ठको नातिनी जेबिका श्रेष्ठ पनि सहभागी हुनुभएको थियो । यस्तो छ सम्मान पत्रको पूर्णपाठ-
मासंसारका मजदुरहरु तथा उत्पीडित जनता एक होऔं !
मार्क्सवाद-लेनिनवाद-माओवाद जिन्दावाद !
नयाँ जनवाद-वैज्ञानिक समाजवाद जिन्दावाद । !
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछाप नगर संगठन समिति सम्मान-पत्र
श्री …………. ज्यू क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा ९ नम्बर ब्युरो कार्यालय सचिव कमरेड झनक श्रेष्ठको बुवा लालकृष्ण श्रेष्ठको दोस्रो स्मृतिको अवसरमा आयोजित सम्मान तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा दलित तथा गैरदलित बीच विवाह गर्नुभई समाज परिवर्तनमा पुऱ्याउनु भएको महत्वपूर्ण भूमिकाप्रति तपाई सम्मानित हुनुभएकोमा स-धन्यवाद ज्ञापन गर्दै यो सम्मानपत्र प्रदान गरिएको छ ।
हेमन्त प्रकाश ओली
प्रमुख अतिथि ,प्रवक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
अम्बिका चन्द ओली
अतिथि, पोलिटब्युरो सदस्य,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
सुजन क्यापछाकी मगर
अतिथि, सेक्रेटरी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति रामेछाप
लाङ्घाली मगर
नगर संयोजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछाप नगर संगठन समिति
दोस्रो स्मृतिको अवसरमा रामेछाप नगरपालिका-५ स्थित रहेका श्री शिवालय आ. वि. माझीगाउँका १. मुनाल माझी, २. रुपेश माझी, ३. आशिष माझी, ४. शुमन माझी, ५. संगीत माझी ६. जीवन मगर, ७. रितिका माझी, ८. कृष्टिना माझी, ९. अनिता माझी, १०. सबिन माझी, ११. विविशा माझी, १२. कर्म माझी, १३. निशा माझी, १४. विशाल माझी, शुरेश माझी र समिक्षा माझी विपन्न, गरिबी, जेहेन्दार विद्यार्थीहरूलाई सम्मान पत्र सहित शैक्षिक सामाग्री वितरण गरेको थियोे । त्यसैगरी श्री शिद्देस्वर आ.वि. खानीडांडाका यामलाल श्रेष्ठलाई विपन्न, गरिबी, जेहेन्दार विद्यार्थीलाई सम्मानपत्रसहित शैक्षिक सामाग्री वितरण गरेको थियोे । त्यसैगरी श्री देविस्थान आ.वि. साहिटारका १. युनिसा मगर, २. सरिस्मा मगर, ३. रेखा मगर, ४ संगम मगर, ५. राकेश मगर र ६ भगवती मगर विपन्न, गरिबी, जेहेन्दार विद्यार्थीहरूलाई सम्मानपत्र सहित शैक्षिक सामाग्री वितरण गरेको थियोे । त्यसैगरी श्री सरस्वती आ.वि. खर्क भञ्ज्याङ्का १. विकेश तामाङ र २. धनकुमारी रिसाल विपन्न, गरिबी, जेहेन्दार दलित विद्यार्थीहरूलाई सम्मान पत्र सहित शैक्षिक सामाग्री वितरण गरेको थियोे । त्यसैगरी श्री जनता मा.वि. कोलन्जोरका १. अशोक मगर कक्षा १०, २. दिर्घ मगर कक्षा ५, ३. भावना तामाङ कक्षा ४, ४. गौरव मगर कक्षा ९ र ५. प्रबिशा श्रेष्ठ कक्षा ९ का विपन्न, गरिबी, जेहेन्दार विद्यार्थीहरूलाई सम्मान पत्रसहित शैक्षिक सामाग्री वितरण गरेको थियोे । त्यसैगरी वडा भरिकै विपन्न तथा एकल महिला जेष्ठ महिला श्रीमती मनमाया माझीलाई दुईहजारसहित सम्मान पत्रले सम्मानित हुनुभएको थियो ।

Comments

