–मुकुन्द न्यौपाने
लेनिन तिमीले आफ्नो अदम्य साहस र
सैद्धान्तिक दुरदर्शिताले विश्वकै
पहिलो समाजवाद रुसमा ल्यायाै
तिम्रो सही विचार र फराकिलो
दृष्टिकोणले तयार पारिएको
सिद्धान्तकाे रणनीतिक याेजनाले
रुसका श्रमजीवी जनतालाई
आकाशकाे बाज जस्तै साहसि बनायोै।
मार्क्सकाे समाजवादी सिद्धान्त र
द्धन्दात्मक भाैतिकवादी दर्शनलाई
रुसी जनताको अन्तर आत्मामा पुर्यायाै
रुसमा स्थापित समाजवादलाई
ध्वस्त गरेर आफ्नो साम्राज्य खडागर्न आउने
फ्रान्स, जर्मन र अमेरिकी साम्राज्यवाद सहित
पस्चिमका सम्पूर्ण लुटेराहरुलाई
रुस तर्फ कहिल्यै फर्कन नसक्ने गरी धुलाे चटायाै।
२०८३आस्विन ३१
Comments

