• नारायण योगी 
    धेरै  बर्षदेखि एउटा  हल्ला  आउने गर्दथ्यो  कि छ्वो रोल्बाताल  फुटने खतरा छ। रसुवाको भोटेकोशीमा गत वर्षमात्रै सानो  बाढी  पहिरो  आएको थियोे । तर यसपालिको यो घटनालाई  हिमालयसँग सम्बन्धित वैज्ञानिकहरू र  भूगर्भ  शास्त्रीहरूले  हिमाली सुनामी  पनि  बताएका छन् ।   सायद  नेपालमा शताब्दी  यताको यस्तो  यो पहिलो घटना  हुनसक्ने  अनुमान  गरिएको छ। अहिलेसम्म  १२०० बढी  शब प्राप्त  भैसकेको , झण्डै ५००० हराईरहेका ,जसमा  ६०० बिदेशी  पर्यटक रहेको   सरकारले  बताएको तथ्यांक   छ । हाम्रो  देसको भूबनोटका कारणले  हिमाली तथा  पहाडी  रेन्जहरू टेक्टोनिक प्लेटको  ज्वाईन्टका कारणले   भूकम्पीय जोखिम  निकै  रहेको  भूूगर्भविदहरूले बताउदै आएका छन् तर यसमा  अर्को  समस्या  थपियो कि जलवायु  परविर्तनले  ठूलो पैमानामा हिउँ  अर्थात  ग्लेसियर  पग्लनु  रहेको छ।  भाद्र १०  गते  जस्तै  घटना  भारतको हिमान्चलमा सन् २०२४ मा घटेको थियोे । त्यहाँ  पनि  एउटा  जलविद्युत  आयोजना  ,पुलहरू, बजारहरू, र मानवीय  क्षति  भएको थियोे , अहिले  भारतले ती क्षेत्रमा   अग्ला  अग्ला पुलहरू बनाउन  थालेको छ।  यसले  के बताउँछ भने  कुनै  समयमा  नदी ,खोलो हिडेको कुनै  पनि  चिन्ह छ भने  त्यो  स्थानमा सकेसम्म मानवीय  बस्ति बसाल्नु  उपयुक्त  हुदैन।
    चम्किला  तारा , उडिरहेका बादलका झुन्डको  पारश्वमा निलो समुन्द्र,  आँखै तिर्मिराउने  सेता  हिउँले  ढाकिएको चम्किलो  ग्रह नै हाम्रो मानसपटलमा  रहेको छ – यो नै  पृथ्वी हो। आखैं तिर्मिराउने  सेता ध्रुवीय  हिउँले  ढाकेको भावि पुस्ताले देख्न  पाउला कि नपाउला   भन्ने प्रस्न हाम्रो अगाडि  गम्भीर   बनेर उभिएको छ। के हिमालयको ग्लेसियर समाप्तिको  दिशा तर्फ अगाडि बढिरहेका छन ?   संसारका  मानिसलाई पिउने पानीको  श्रोत  हिमनदी हो । २  अरब  मानिसहरूको  जीवन सम्पूर्ण   रूपमा   हिमनदी  वा यही हिमालयको भरमा  टिकेकोछ। ग्लेसियरले पृथ्वीको  तापक्रम  सन्तुलित राख्न  पनि  महत्त्वपूर्ण   भूमिका  निर्वाह  गर्दछन्। तर जलवायु  परिवर्तनका  कारण ती सबै  तीब्र गतिमा  पग्लिरहेका छन्। यसबाट  निकै ठूलो  पैमानामा  पानीको  श्रोतको क्षति भैेरहेको छ र त्यो  खास गरेर  दक्षिण  एसियाको हिमाली   क्षेत्रमा  प्रकट रूपमा  देखा परिरहेको छ।
    यहाँ  हिउँ पग्लिएर नयाँ  नयाँ  हजारौं   हिउँ  पोखरीहरू बनि रहेका छन् । पृथ्वीको दवाव क्षेत्रमा  ठूलो  पैमानामा पहिरो जानुका साथै भूकम्प   आईरहेका छन्। सन् २०२४ मा भारतमा  पनि  यस्तै  प्रकारको तर यो भन्दा  सानो आकारको  पहिरो  गएको थियो।
    हिमालय जोगाउने  उपायहरू  के हुन  सक्छन् ? अहिले  युरोप र  अमेरिकाले कतिपय  हिमालहरूमा  सेतो कपडा लगाएर  ढाक्ने  अभियान  सुरू  गरेकाछन् । उनीहरूलाई   आफ्नो हिमाल  कति प्यारो रहेछ ? यद्यपि  यो निकै खर्जिलो रहेको छ। जेहोस एउटा  उपाय सुरू भएको छ।  हामीले  हाम्रो  यहाँ  बिद्धुतिकरण गर्दै  अनुदानमा   बिध्दुतीय चुलोको प्रयोगलाई  एउटा   व्यापक र प्रभावकारी  दीर्घकालीन अभियान  संचालन  गर्नु पर्दछ।हिमालय   पग्लिएपछि के के  समस्या  निम्तिन सक्छ भन्ने बारेमा  तराई  देखि  हिमाल  सम्म चेतना  फैलाउनु  पर्दछ।  तराईमा  पराल  र गहुको भुस जलाउन प्रतिबन्ध नै  गर्नु  पर्दछ। यहाँनेर मलाई  एउटा  कुरा उठाउन  मुनासिव लागेको छ।त्यो  के भने  हिमाललाई जोगाउन पहिलो  सर्त हो  पहाड जोगिने कुरा किनकि  हिमालको जगनै पहाड हो  र पहाड  जोगाउन तराईको  बन जोगाउन त्यत्तिकै  जरुरी छ। जंगल  बिनासका कारणले  पहाड कसरी  धसिन्छ भन्ने  कुराको एउटा  ज्वलन्त  उदाहरण  देउखुरी को गढवा गाउँ  पालिकाको  कक्रहवा भन्ने  ठाउँमा  गएर  हेरे पुग्छ। त्यहाँ  ठूलो  पैमानामा बन बिनास भयो  र चुरेको पहाडको बेस कमजोर बनेर भुस्खलन भयो र कक्रहवा खोलो उठेर पहाडजस्तो  ढिस्को बनेकोछ।  अर्कोतिर  पहाडमा ठूला मसिनको प्रयोग गरेर  जथाभावी  तरिकाले   कच्ची बाटो   बनाईएकोछ जसले पहाड कमजोर  बनेका छन् । हाम्रो  विकाश  गर्ने  तरिका  पनि  लाहुरे  तरिका  भयो । बिना कुनै भौगर्भिक अध्ययन  अनुसन्धान  स्काभेटर बोकेर हिडेको छ विकाशको  नाममा ।
      गत भाद्र १० को रसुवा भोटेकोशीको हिउँ सुनामीको घटना  पछि वर्तमान राज्यले मागी खाने भाँडो बनाउने  लक्ष्य लिएको  देखिन्छ। यसले हाम्रो  यो समस्या  स्थाई रूपमा  समाधान  सम्भव  कति छ ? बिमर्श को कुरा हो। यसमा हामीले प्रकृति  मैत्री विकासलाई अगाडि लिएर जानू पर्दछ र  क्षतिपूर्ति को माग उठाउने कुरा ठीकै छ। त्यसलाई कुटनैतिक  प्रयास मार्फत बलियो  गरी लैजानु  पर्दछ। साथै  छिमेकीहरू भारत  र चिनसँग   जोखिम न्युनिकरणका लागि  बलियो  ऐक्यबद्धता  कायम  गरेर जानू  पर्दछ।जहाँसम्म संयुक्त  राष्ट्रसंघले  मध्य पूर्वमा के गरिरहेको छ त्यो  हाम्रो  आँखा अगाडि छ। तैपनि   संसार भर हिउँ  र  हिमाल जोगाउने  कुरालाई  सरकारी तथा  जनताको  तर्फबाट   आवाज  बुलन्द  गर्ने  कुरामा  कन्जुस्याइँ  नगरौं।
    हिमाललााई तेस्रो ध्रुव  पनि  भनिन्छ।पेरू र अमेरिकाका ग्लेसियर  क्रमशः १० % /  २०%  हिउँ को भाग  गुमाईरहेको  स्थितिछ।   अबका ७५  बर्षमा ४०%  ग्लेसियर समाप्त  हुुनेछ भन्ने  बैज्ञानिकहरूको एक बलियो  अनुमान छ यसरी    ग्लेसियर जो बिस्तारै  पग्लिदै जान्छ भने त्यसको नकारात्मक  असर निस्चय  पनि  तिब्रताका साथ  वृद्धि हुने नै छ। अहिलेसम्म  अमेरिकी  गतिविधि  नेपालमा खासगरेर, चिनमा तिब्बति सरणार्थीहरूलाई उचालेर   तिब्बतमा दबाब सृजना गर्ने  र नेपालमा सेनाको राईदाई चलाउंदै  यहाँका  खनिज  पदार्थ  मुख्यतः  युरेनियम र रिअर अर्थ  भन्ने  धातु जो कम्पुटर, रकेट,रोबाट, ब्याट्री , मोबाइल ,सबै आधुनिक हतियार ,औजारमा अनिवार्य  रूपमा  प्रयोग  हुन्छ  । त्यो  कब्जा गर्नुका साथै पिउने पानी  माथिको  कब्जा   गर्न उसले यहाँ  आफ्नो  सक्ती नदेखिने गरि लगाई रहेको छ। संसारमा  हावा ,पानी , माटो ढुङ्गा  ,जंगल वा भनौ प्राकृतिक  चिज बनाउन  संभव छैन । यहाहरूलाई एउटा  कुरा स्मरण  गराउं पानी  को  पनि  धेरै ब्रान्ड  छन् । जस्तै हिमाल  बाट लिएर  गएर  बण्डिङ गरिएको  पानी जो निकै  महंगो  बिक्दो रहेछ। यसरी  अमेरिका  बहुउदेस्यिय  सहकारीको  कारोबार  लिएर  सहकारी  लुटेरालाई अगाडि ल्याएको छ।
    ग्लेसियर सामान्य  अवस्थामा  पग्लिएर खस्दा त्यति धेरै  समस्या  उत्पन्न  हुने  गरेको थिएन । तर जसरी  हिउँ  संगै चट्टान ,गेगर, माटो ,सबै  एकसाथ  हिउँ  पोखरीमा  खसेर त्यसको  गतिलाई वृद्धि  गर्दा ठुलो  अकल्पनीय बाढी पहिरो जादों रहेछ  भन्ने कुरा  संसारमै  नयां घटना  भाद्र १० गतेको रसुवा  भोटेकोशी घटना  दर्ज भयो ।यसले  बिश्वब्यापीरूपमै  हिमालय   कसरी  जोगाउने भन्ने  बारेमा  बहस चलेको छ । यसको  सकारात्मक  परिणामको लागि हामीले  प्रतीक्षा  गर्नुको अर्को  बिकल्प छैन ।
    भाद्र १० गतेको  रसुवा  भोटेकोशीको बाढीले  थप प्रस्नहरू उब्जाएको छ।शेर्पा जनजातिहरू बसोबास  गर्ने हिमाली  क्षेत्रहरू  खास गरेर नेपाल भारत , पाकिस्तान  भुटान ,र चिनको तिब्बत  क्षेमा करिब  ८ हजार  मिटरको  अग्ला  हिमालयहरू  १० वटा  यहि क्षेत्रमा छन् । चार वटा  मात्रै  अरू देसहरूमा छन्। यिनै   अग्ला  शिखरहरूबाट  नै  बिशाल  नदी गंगा  र सिन्धु  बग्दछन्। अहिले  यी वाटर  पावर  खुम्चिदै  गएका  छन् ।हिमालय  खुम्चिनुले नेपाललाई हुने आयबाट  नेपाल  बंचित हुदैजाने खतरा  दिन प्रतिदिन बढदोछ ।
      नेपालले  सगरमाथाबाट मात्रै  बार्षिक५३ लाख डलर  आम्दानी हुन्छ।यसैगरी  अरू  हिमालबाट पनि  ठुलो  आम्दानी हुन्छ र त्यहां बस्ने  शेर्पा जनजातिहरूको रोजगारी नै खोसिने खतरा  बढिरहेकोछ। यसरी  हामीले    नरोपेको  बीस बृक्षले सास्ती  दिई नै रहेकोछ। शेर्पाहरूको बसोबासको क्षेत्र खुम्बु , जो सगरमाथाको आधार  सिविर हो। यश क्षेत्रमा  २० शेर्पा  गाउँ हरू छन् ।जसले  त्यहाको हिमाली  पर्यटनका आधारमा आाफ्नो जीवन चलाई  रहेका छन्। यदि हिम श्रृखला यहि गतिमा  खुम्चिदै गएमा  शेर्पा  समुदायको  रोजिरोटि खोसिएर कष्टकर  जीवन  बिताउनु  पर्नेछ वा पलायनको  बाटो  रोज्नु पर्नेछ। पिउने  पानीको  मुख्य श्रोत हिमाललाई मानिन्छ ।