नेपाली कम्युनिष्ट आन्दोलनमा दशैं पर्वलाई हेर्ने तीन दृष्टिकोण

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनमा दशैं पर्वलाई हेर्ने तीन दृष्टिकोण पाइएको छ । दशैंलाई मनाउने व्यवहारमा सुरुदेखि नै विविधता, विरोधाभास र बहस रहँदै आएको छ। सैद्धान्तिक रूपमा कम्युनिष्टहरू भौतिकवादी र धर्मनिरपेक्ष हुने भएकाले सांस्कृतिक चाडपर्वहरूलाई वर्ग–दृष्टिकोणबाट हेर्ने गर्छन्।

१. पूर्ण बहिष्कार र क्रान्तिकारी रूपान्तरण

यो दृष्टिकोण राख्ने पक्षले दशैंलाई उत्पीडित जनजाति, दलित र गरिब जनतामाथि लादिएको सामन्ती संस्कृतिका रूपमा व्याख्या गर्छन् ।। विशेषगरी दशैंको टीका र जमरालाई राजा र सामन्तको शासन स्वीकार गरेको प्रतीकका रूपमा लिइयो।जनयुद्ध कालमा माओवादी कार्यकर्ताहरूले दशैं बहिष्कार गरे। सामूहिक रूपमा क्रान्तिकारी सांस्कृतिक उत्सव मनाउन समेत लगाइयो। जनयुद्धकालमा दशैँ नमनाएका कैयौं नेता र कार्यकर्ताहरुले अहिले दशैमा टिका लगाउने गर्छन् ।

२.मध्यमार्गी दुष्टिकोण

यस दुष्टिकोया राख्नेहरुले दशैंलाई विशुद्ध धार्मिक रूपमा भन्दा पनि एक सामाजिक, सांस्कृतिक र पारिवारिक पुनर्मिलनको अवसरका रूपमा स्वीकार गर्दै आएका छन्।धर्म जनताको व्यक्तिगत आस्थाको कुरा हो भन्ने मान्यता राख्दै, दशैंको धार्मिक कट्टरतालाई छोडेर यसको सामाजिक र सांस्कृतिक पक्ष (परिवार भेटघाट, खुसी साटासाट( लाई मात्र ग्रहण गर्नुपर्छ भन्ने उनीहरूको मत छ।
शीर्ष नेतादेखि कार्यकर्तासम्मले दशैंमा टीका लगाउने, मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान चियापान कार्यक्रम गर्ने गर्छन्।

३.पुरातनवादी धार
यो पक्षले संस्कुति बचाउने नाममा धार्मिक अन्धविश्वास र रुढिगत व्यवहार सबैलाई अपनाउँछ ।

 

वर्तमान अवस्था र व्यवहारमा आएको परिवर्तन

प्रायः कम्युनिष्टहरुले दशैंमा हुने फजुल खर्च, र जुवातास खेल्ने जस्ता बुर्जुवा तथा विकृत पक्षको विरोध गर्छन्।
उनीहरू दशैंको विदालाई अध्ययन, पार्टी प्रशिक्षण वा जनताको काममा उपयोग गर्छन्। टीका नलगाए पनि पारिवारिक जमघटमा भने सहभागी हुने गर्छन्। कतिपयले टीका लगाउँछन् तर मन्दिर जाने र पूजापाठमा संलग्न हुने गर्दैनन् ।

नेपाली कम्युनिष्ट आन्दोलनमा दशैंलाई लिएर सामन्ती अवशेष मान्ने कि नेपाली समाजको सँस्कृति मान्ने भन्ने वैचारिक बहस अझै पनि जारी छ, तर व्यावहारिक रूपमा धेरैजसो कम्युनिष्टहरू यसलाई एक सामाजिक उत्सवका रूपमा आत्मसात गर्न बाध्य भएका छन्।
.

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित