गार्मेन्ट मजदुरहरूको आन्दोलनले सडकमा ढुंगा,मुढा भइरहेको र प्रहरीको लाठी चार्ज, अस्रुग्यास चलिरहेको बेला यसबीच, आफ्नो बच्चालाई सुरक्षित राख्न आमाको प्रयास। पिठ्यूँमा पछाडि बच्चाको स्कूले झोला र छातीमा बच्चा च्यापेर घर फर्कदै एक महिला । आमाको लागि संसारको सबैभन्दा सुरक्षित ठाउँ उनको काख हो। बगलादेशको कालियाकोइर, गाजीपुरमा ढाका –टाङ्गैल राजमार्गमा कैद गरिएको यो तस्बिरले असंख्य मानिसहरूको मन छोएको छ।

