भारत । ११ नोभेम्बर २०२६ का दिन अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको भैलो समापन र समाजको ४८ औं स्थापना दिवसको सन्देश प्रवाह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । गत ८ नोभेम्बर २०२६ का दिन सेतो घर आरोभिल एरियाबाट गरिएको भैलो उद्धघाटन कार्यक्रमलाई निरन्तरता दिदै मिति ११ नोभेम्बर २०२६ भाई टीकाको दिन नगर कार्यलय पान्डिचेरीमा कार्यक्रमको समापन गरिएको छ । कार्यक्रममा उपस्थित सबैलाई हरिकला थापाले सम्मान गर्नु भएको थियोे भने सुर्य थापाले भैलो कार्यक्रम र अखिल भारत नेपाली एकता समाज बारे पस्टाउनु भएको थियोे । साथै यस २०८३ को देउसी भैलो कार्यक्रमले धेरै साथीहरूमा नयाँ भेटको बाताबरण बनाएको र कलाकारितामा चासो राख्नेहरुमा पनि एउटा उर्जा भरेको, कला भएकाहरुमा समाज प्रतिको माया जगाएको बताउदै भैलो कार्यक्रममा विभिन्न कोणबाट सहयोग पुराउनु हुने सम्पूर्ण मान्यजन हरुमा हार्दिक सम्मान साथ धन्यवाद प्रकट गर्नु भएको थियोे । कार्यक्रमको अन्तिममा भैलोबाट नै कार्यक्रम बिसर्जन गरिएको थियोे । कार्यक्रममा नगर एरिया र कलाकारहरुको भुमिकालाई सम्मान साथ धन्यवाद दिने काम पनि भएको थियोे । कार्यक्रममा उपस्थिति मासलाई फुल फुल्ने छ काढा झरेर नजाउ कोहि संगि हो बाटो छाडेर भन्ने गितबाट स्वागत गरिएको थियोे ।
Comments

