– नारायण योगी
आदरणीय संपूर्ण मित्र , परिवारजन र नाताकुटुम्बहरू,
म भर्खर गंगालाल अस्पताल काठमाडौमा मुटुको उपचार गरी डिस्चार्ज भएको छु । म बिरामी हुँदाका भोगाइ र उपचारका क्रममा प्राप्त गरेका अनुभवलाई यो संंक्षिप्त लेख मार्फत साझा गर्न गइरहेको छु । मेरो भोगाइ र अनुभवले पाठकहरुलाई आफ्नो स्वास्थ्यमा सचेत बन्न मद्दत पुगोस भन्ने हेतुले मेरा भोगाइ र अनुभव साझा गर्न थालेको हुँ । मेरो अहिले मुटुको स्वास्थ्य अवस्था स्थिर छ। म रक्तिम अभियानका पूर्व कोषाध्यक्ष भरत श्रेष्ठजीको ललितपुरको ग्वार्को स्थित घरमा आरम गरिरहेको छु। यहाँहरू सबैलाई तिहार र छठ पर्वको शुभकामना व्यक्त गर्न चाहन्छु।
मैले मुटुको चेकअप नियमित गराईरहेको थिएँ र अरू जाँच गराए पनि नसामा ब्लकेजको कुरा केवल एन्जियो ग्राफि,वा सिटि एन्जियोबाट मात्रै थाहा पाउन सकिने हुँदा त्यो कुरामा मेरो स्पोण्डोलाईसिसले गर्दा हो कि भन्ने ठाने र त्यसको उपचारमा लाग्नाले केही ढिलाइ हुन गयो । कुनै पनि मुटुको बिरामीलाई गम्भीर लक्षण अन्तिम अवस्थामा अर्थात मुटुको ८० देखि ९० प्रतिशत रक्त नलि बन्द भएर देखा पर्छ । उकालो ,हिड्न ,दौडिन, भारी काम गर्न कठिनाइ उत्पन्न हुन थाल्छ र हिडदा सास बढ्ने, छाति पिरो हुने , चिट चिट पसिना आउने गर्दछ । कहिले पेट पोले झै हुने गर्दछ , जसलाई हामीले ग्यास्ट्रिक भनेर झुक्किन पनि सक्छौ। मेरो मुटुको दुखाई भन्दा ३ महिना अगाडि देखि एउटा लक्षण टाउकोको बाँयापट्टि scopital bone नेर दुख्ने र कमजोरीपन देखिन थालेको थियोे ।जसलाई मैले हड्डी नशाको समस्या ठानि रहेको थिएँ ।
मलाई यस्ता के के लक्षण कहिले देखि देखिन थाले त ? २०७३ सालमा जब मेरो गर्धन र ढाडको नशा च्यांपिएर उपचार गर्दा केवल प्रेसर बढेको थियो र त्यो समय देखि मैले औषधि नियमित लिई रहेको थिएँ । गर्धन र ढाडको लागि समय समयमा अस्पतालमा र घरमा पनि व्यायाम गर्दै खेतीपाती र अन्य काम गर्दै आएको थिएँ । गत जेठमा हामीले बगरमा बोडि रोपेका थियौँ, त्यो बोडि खन्ने बेलामा मेरो देब्रे कानमा भवंरा कराए झैं एकनासले बजि रह्यो । साथै शारीरिक कमजोरी पनि एकाएक बढदै गयो र त्यही बिचमा म बंगाराको दुखाइको समस्या लिएर घोराही राप्ती प्रतिष्ठानमा गएँ। त्यहाँ बंगाराको साथै स्पोण्डोलाईसिसको औषधि लिएर २० दिन सम्म खाएँ। फिजियो थेरापि पनि गर्ने गरेको थिएँ।तर यता ,कान बज्ने ,टाउको पछिल्लो बायाँ भाग दुख्ने त थियो नै , एकदिन व्ययााम पछि छाति पिरोे , बायाँ छाति भारी, र चिटचिट पसिना आयो । म भोली पल्ट पैसा जुटाएर राप्ती प्रतिष्ठानमा गएँ। Eco, ECG पछि जुनियर डाक्टरले सास बढे आउनुहाेला भने म फर्केर अाएं र श्रदेय मित्रडाक्टर सुमन्त बंजाडेजीलाई रिपोर्ट पठाएर साेधें र वहाले बाल बाक्लाे भएको र स्ट्रेस नलिने याे नेपालीमा सुन्निएकाे भन्नेगरिन्छ भन्नु भयो । दसैं अाई हाल्यो मेराे सास बिस्तारै बढिरहेकाे थियोे मैले कान्छि बैनिि ज्वाइँ दसरथ गीरीजी डाक्टर सुमन्तजी र दयाराम शर्मा संग परामर्श गरेर ecosprin – 75mgको दिनमा एउटा खाई रहें ।फेरि म राप्ती प्रतिष्ठानमा कार्डियो कहाँ गएर जचाएँ र कार्डियो डाक्टरले तिहार पछि एन्जियोप्लास्टी गर्ने भन्नू भयो । म घरमा आएर औषधि खाएर तिहार मानेर जाने सोचाईमा थिएँ। तर भोली पल्ट हिड्दा पनि सास बढ्यो। मैले यो समस्याको लागि बुटवलमा के हुन्छ भनेर कमरेड सन्तजीले त्यो भन्दा व्यावहारिक राम्रो गंगालाल नै जान सुझाउनु भयो। म र मेरी पत्नी घोराहीबाट काठमाडौका लागि प्रस्थान ग¥यौ । म काठमाण्डौं आउन लागेको कुरा कमरेड टेकहरि जीलाई बताएको थिएँ, त्यो दिन अबेर भएकोले मैले वहालाई भोलि आउन भने र वहाँ भोलि पल्ट आउनु भयो। त्यही दिन मलाई भेट्न मामा गोविन्द सिह थापा र , माईजु सूर्या थापा ,ऐरिजी पनि आउनु भएको थियोे । यसरी म सहिद गंगालाल अस्पतालमा भर्ना भए,पछि सबैजाँच भएर,बिहान वार्डमा सर्ने काम भयो।
मुटुको समस्या बल्झिनुमा मुख्य खाद्य पदार्थको समस्या हो, रिफाईण्ड तेल जो युरोप , अमेरिका ,चिन, कोरिया, जापान, अष्ट्रेलिया, लगायत संसारमा धेरै मुलुकमा कि त खादैनन् वा कम खान्छन्।उनिहरूले यो खाने रिफाईण्ड तेल।किन खादैन्नरु यो बन्ने प्रकृयाा हेरौं, सुर्यमुखी ,तोरि,भटमास,केराउ ,बदाम आदि बाट curd oil निस्कन्छ ।त्यसमा phospholipds भन्ने च्याप च्याप गर्ने पदार्थ हटाउन, acid ,water,sodium hydroxide,bleeching poweder हालेर रिफाइण्ड भए पछि त्यसलाई फ्रिजमा राखेर नजमाेस भन्नका लागिDeodorization अर्थात 240-260 डिग्री सेल्सियस तापक्रम राखेर बजजारमा ल्याईन्छ। तेल रिफाईण्ड गर्दा phospholipds भन्ने पदार्थ पुर्ण रूपमा न निस्कने भएकले त्यो हाम्रो शरिरमा खानाको माध्यम बाट स्याचुरेटेड फ्याटको रूपमा धमनिहरूमा गएर टासिन थाल्दछ। यसैगरी पशु पंक्षिजन्य सबै खाने कुरामा फ्याट, र ब्याड कोलस्ट्रोलल त्यहीँ जम्दै जान्छ। यसलाई जम्न नदिनलाई अत्यधिक परिश्रम गर्न पर्ने हुन्छ ।तर त्यो नहुदां यो समस्या झन् व्यापक र एक प्रकारले महामारी को रूपमा बिकास भै रहेको छ। यसको नियन्त्रण र उन्मुलन बर्तमान फासिस्ट पुजीवादी सरकार जो नाफा र कमिसनमा लिप्तछ उसले बहुसंख्यक जनताको हित हुने र स्थारूपमा समाधानको कुनै नितिनै बनाउन सक्ने संभावना छैन त्यसकारण जनस्तरबाट, वा कुनै जनपक्षिय स्थानीय सर त्यसतो निती ल्याएर लागू गर्न स्छ । सम्मद्दछ बर्ष देखि कम उमेर समुहका बाल बालिका र युवाले परिश्रम गर्न सक्ने र बढने उमेर पनि भएकोले केहि मात्रामा तोरी,तिल, सनफ्लावर ,लगायतका तेल प्रयोग गर्ने भनेको सुुनेकोछु तर घण्( देखि माथथिकालाई रिफाइण्ड तेल खानलाई वर्जित नै गर्दा अति उत्तम हुने थियोे ।माछा मासु पपनि उमालेर सुप धेरै खाने गरे मात्रै मुटुका रोगी केहि हदसम्म कम गर्न सकिनेछ।अहिले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र ,मनमोहन हृदय रोग अस्पतालद्वारा उपचार संग जोडिएका कामहरू भै रहेका छन् ती सराहनीय नै छन्। तर यी काम हरूले रोगी निको भए पनि रोगी बढने प्रकृया रोकिनेछैन र राकिएको पनि छैन। मुख्य कुरा रोगीहरूको बृदिलाई कसरी रोक्ने हो ? यो आजको हाम्रो देसको स्वास्थ्य संग जोडिएको महत्त्वपूर्ण र ज्वलन्त समस्याहो।आज यो समस्याको समाधानमा गर्न छिटै ठोस कदम न चालिएमा धेरै मुट रोगि बस्ने देस हुन समय लाग्नेछैन। किनकि हामिले हाम्रो तेलमा बनेको खानेपरिकार खाईनै रहेककाछौं ।थप बिदेसिको पिजा, वर्गर, केक,क्रिमबाट बनेका बस्तुहरू र जंकफुड र प्याकेट का खानेकुरा थप्यन गर्यौं। साथै श्रमगर्न छोड्यौं। अनि के हुन्छ ? प्रष्टछ।

