प्रेस स्वतन्त्रता हनन विरुद्ध महासंघद्वारा चरणबद्ध आन्दोलनको घोषणा

काठमाण्डौ । प्रेस स्वतन्त्रता हनन विरुद्ध नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले २०८३ मंसिर १ गते एक प्रेस विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको जानकारी गराउनु भएको हो । महासंघले मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, मंसिर ५ गते संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टी प्रमुखलाई ध्याननाकर्षण पत्र बुझाउने, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रकालागि पेशागत संजाल (पापड)सँग छलफल गर्ने, मंसिर ८ गते सबै जिल्ला शाखामा सबै संचार सम्बद्ध संघसंगठनसँग छलफल गर्ने, मंसिर ९ गते जिल्ला शाखाको आयोजनामा सबै जिल्ला प्रशासन कार्यालयमा “पत्रकारलाई सामुहिक गिरफ्तार गर ”भन्ने व्यानरसहित भेला हुने कार्यक्रमको घोषणा गरेको छ ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारहरुमाथि धरपक्कड गरेको ,प्रेस स्वतन्त्रता नियन्त्रणको मनशाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास गरेको, संचारमाध्यममा अनाधिकृत गाडी तेस्र्याउनेलाई हालसम्म कारवाही नगरिएको,गोरखापत्र लगायत सरकारी संचार माध्यम तथा निजी संचार माध्यमबाट पत्रकारलाई जबरजस्ती निस्काशन गरेको तथा श्रम अधिकारको उलंघन,लोक कल्याणकारी विज्ञापन वापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम प्रेस काउन्सिल नेपालको सिफारिश बमोजिम नगरेको तथा वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा महासंघले आन्दोलनको घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ ।
वर्तमान वालेन सरकारले प्रेस स्वतन्त्रताप्रति अनुदार व्यवहार प्रकट गर्दै आएको विरोधमा महासंघ निरन्तर आन्दोलनमा छ । सरकारले पत्रकारहरुको आन्दोलनको माग सम्बोधनमा कुनै वास्ता नै गरेको छैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित