काठमाण्डौ । वैदेशिक रोजगारीको सिलशिलामा युरोपेली मुुलुक रोमानिया पुगेका झण्डै ६ सय नेपाली श्रमिक समस्यामा परेका छन् । तलब र आवास सुविधासम्बन्धी विवादको कारण नेपलाी श्रमिकहरु समस्यामा परेका हु्न् ।
नेपालस्थित टाइम म्यानेजमेन्ट प्रालिमार्फत रोमानिया पुगेका उनीहरूले सम्झौतामा उल्लेख भएअनुसार तलब नपाएको र आवास सुविधाबापत रकम कटौती गर्न खोजिएको गुनासो नेपाली श्रमिकहरुको छ । श्रमिकहरूका अनुसार उनीहरूलाई रोमानियाको बिसार लजिस्टिक्स प्रालिमार्फत विभिन्न कम्पनीमा काममा लगाइएको थियो ।
नेपालबाट रोजगारीका लागि आउँदा गरिएको सम्झौतामा मासिक आधारभूत तलब २ हजार ६ सय ९९ रोमानियन ल्यु (आरओएन) उल्लेख थियो । तर, अहिले बिसार लजिस्टिक्सले २ हजार ४ सय ५५ ल्यु मात्रै उपलब्ध गराउने बताएपछि विवाद उत्पन्न भएको पीडितहरूको भनाइ छ ।सम्झौतामा उल्लेख भएको र अहिले दिन खोजिएको तलबबीच मासिक २ सय ४४ ल्युको अन्तर छ । यसबारे सम्बन्धित एजेन्सीसँग छलफल गरे पनि समस्या समाधान हुन सकेको छैन । उनीहरू १० लाख रूपैयाँ तिरेर रोमानिया पुगेका थिए ।
रोमानिया पुगेका नेपाली श्रमिक समस्यामा
Comments

