काठमाडौ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बिच आज काठमाडौमा एकता अधिबेशन सम्पन्न भएको छ ।
एकता अधिवेशनले पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल राख्ने निर्णय गरेको हो । अधिवेशनले पार्टी अध्यक्ष मोहन वैद्य किरण र प्रवक्तामा धर्मेन्द्र बास्तोला (कन्चन)लाई चयन गरेकोछ ।

अधिवेशनले १५ सदस्यीय कार्यालय, ८७ सदस्यीय सचिवालय र २६७ सदस्यीय एकता महाधिवेशन आयोजक समिति समेत गठन गरेको छ ।
आगामी बैशाख १८ गते मई दिवसका दिन काठमाडौँमा एकता घोषणा सभा गर्ने बताइएको छ । लामो छलफल पछि दुवै पार्टीकाे बुझाईमा एकरूपता देखिएपिछ पार्टी एकता भएको हो ।
नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बिचमा पनि पार्टी एकताका लागि छलफल चलेकाे थियाे । मशालसित कतिपय बिषयमा अन्य दुई पार्टीको सहमति नभएपछि पार्टी एकता अहिलेलाई स्थगित भएको छ । पार्टी एकता नहुँदाको अवस्थामा पनि कार्यगत एकता, संयुक्त मोर्चा बनाएर जाने सहमति भएको मशाल स्रोतले हाँकटुडेलाई बताएको छ ।


