मई दिवसमा मजदुरलाई छैन छुट्टि (भिडियो)

दमौली । आज बैशाख १८ गते (मई १) गते १३४ औँ मई दिवस । मई १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको मनाईदै आएको छ । सरकारले मई दिवसका दिन सार्वजनिक विदा दिएको छ । तर कैयौं मजदुरहरु आज पनि कार्यक्षेत्रमा काममा ब्यस्त छन् ।

तनहुँ जिल्लाको सदरमुकाम दमौली बजारको सिद्धार्थ चोकको एउटा थोत्रो घर भत्काउने काममा विहान देखि निर्माण मजदुरहरु काममा खटिरहेको देख्न सिकन्छ । उनीहरुलाई मजदुर दिवस बारे जानकारी छैन । सरकारले दिएको छुट्टिबारे  अनभिज्ञ छन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित