चेन्नैमा मनाइयो १३४ औँ मई दिवस

चेन्नै । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पूर्व तथा उत्तर नगर समितिको संयुक्त आयोजनामा १३४ औँ अन्तराष्ट्रिय मज़दूर दिवस माउन्टरोडमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देब बहादुर लामिछानेले मई दिवस बारे आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा शुभकामना दिनेहरूमा एकता समाजका केन्द्रीय सदस्य उमानन्द आचार्य र चेन्नई पश्चिमका सदस्य कृष्ण खनाल रहेका थिए ।

कार्यक्रमको अध्यक्षता चेन्नई उत्तरका नगर उपाध्यक्ष सोनु बराल, संचालन तुलसा सुवेदी, स्वागत चित्र ठकुल्लाले गरेका थिए ।

अतिथि आशन ग्रहण पछि सहिदहरूको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा रक्तिमका गीतहरू प्रस्तुत गरिएको थियो ।

 

दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पश्चिम तथा दक्षिण नगर समितिले मनायो मई दिवस

अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पश्चिम तथा दक्षिण नगर समितिको संयुक्त आयोजनामा आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस त्रिमङ्गलममा मनाइएको छ ।

प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाज केन्द्रीय महासचिव महेन्द्र वस्यालले मई दिवसको औचित्यता र इतिहास बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा शुभकामना दिनेहरूमा एकता समाजका केन्द्रीय सदस्य हेमराज रिजाल, रन बहादुर थापा, ज्योति नारायण शर्मा, माया हमाल, क्षेत्रीय सदस्य माया थापा, रामकुमार क्षेत्री, हरि जिसी, सिता घिमीरे, सुनीता बस्याल, देवी रिजाल, प्रेम नेपाली, भीम बहादुर थापा, सुर्य ढकाल, रामु नेपाली, चन्द्रस्वर शर्मा, जीव जीसी, दिल कुमार नेपाली, रामु शर्मा, पार्वती केसी, ईन्द्र जीएम र गंगा बिक रहेका थिए ।

कार्यक्रमको अध्यक्षता चेन्नई पश्चिम नगर अध्यक्ष अर्जुन केसी, स्वागत शब्दबाट हरी जिसी र सङ्गीतबाट रक्तिमको गीतद्बावारा गरिएको थियो भने कार्यक्रमको सञ्चालन राजु अधिकारी गरेका थिए ।

अतिथि आशन ग्रहण पछि ज्ञातअज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित