पान्डिचेरी । अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको आयोजनामा १३४ औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस कार्यक्रम सम्पन्न भएको छ ।
ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारणबाट अगाडि बढेको कार्यक्रमका प्रमुख वक्ता नगर अध्यक्ष सुर्य थापाले मजदुर दिवस बारे प्रष्ट पारेका थिए । रक्तिम नगर हरिकला थापा, नगर सदस्य दिलबहादुर पुन, दुर्गा बहादुर छन्त्याल, मोहन हमालले मजदुर दिवसबारे आफ्ना भनाई राखेका थिए ।
नगर उपाध्यक्ष कुमारी थापाको अध्यक्षता, आर जनकराज शर्माको संचालन, नगर सहसचिव प्रेमबहादुर केसी तथा रक्तिमका कलाकारहरुले “मे दिवस मजदुरको चाड” गीतबाट उपस्थितलाई स्वागत गरेका थिए ।
अन्तमा अध्यक्ष कुमारी थापाले कार्यक्रमको समापन गरेकी थिइन् भने रक्तिमका कलाकारहरुले “ढल्दै छ दुस्मनको राज, खुल्दै छ क्रान्तिको दर्वाज”, “लौ हेर जनताको जित”, “क्रान्तिको उर्लिदो भेल” शीर्षकका गीतहरू प्रस्तुत गरेका थिए ।

