समाज विकासमा सेवा निवृत्त राष्ट्रसेवकहरूको भूमिका

नरेन्द्रबहादुुर थापा •• “समाज विकासमा सेवानिवृत्त राष्ट्रसेवकहरूको भूमिका “शिर्षक समाज विकासको लागि अत्यन्तै गहन, सान्दर्भिक, आवश्यक र महत्त्वपूर्ण विषय हो । यहाँ निवृत्त राष्ट्रसेवकहरूको भूमिका उल्लेख गर्नु भन्दा पहिले शीर्षकमा सङ्गठित शब्दहरू समाज, समाज विकास र निवृत्त राष्ट्रसेवकको सान्दर्भिक अर्थ स्पष्ट गर्न आवश्यक ठान्दछु । समाज भन्नाले यहाँ मानव समाज भन्ने बुझ्नु पर्दछ । जहाँ मानव बस्ती भएको गाउँ, टोल, छिमेक, शहर, नगर जस्ता सम्पूर्ण एकाईहरू मिलेर बनेको देश र विभिन्न देशहरू समेत मिलेर बनेको सिङ्गो पृथ्वी भित्र रहेको विभिन्न वर्ग, पेशा, धर्म आदि विभिन्न समुदायहरूलाई मानव समाजको रूपमा बुझ्नु पर्दछ ।

समाजको विकास चरणबद्ध रुपमा हुने गर्दछ । यो चरणबद्ध रुपमा हुने मानव समाज विकासको क्रममा अहिलेसम्म ४ प्रकारका समाजहरू अस्तित्त्वमा आइसके । ती मध्ये तीन प्रकारका समाजहरूको अस्तित्त्व समाप्त भइसक्यो । हाल एउटा अर्को समाज अस्तित्त्वमा छ । त्यो हो पँुजीवादी समाज । यो पुँजीवादी समाज समाज विकासको क्रम अनुसार चौथो चरणको समाज हो ।

पहिलो चरणमा समाजको उत्पत्ति वर्ग विहीन समाज आदिम साम्यवादी कालबाट भएको हो । यो समाजले एउटा युग पार गर्‍यो जसलाई आदिम साम्यवादी युग भनियो । यो समाजको अस्तित्त्व समाप्त भएपछि दोश्रो चरणमा अर्को वर्गीय समाजको जन्म भयो र दास युगको नामले अस्तित्त्वमा आयो । यस समाजमा दुईवटा विपरीत वर्ग शासक र शासित वर्ग वा शोषक र शोषित वर्ग थिए । शोषक वर्गमा मालिकहरू हुन्थे र शोषित वर्गमा दासहरू । दासहरूको श्रम खाएर ती मालिकहरू बाँचेका हुन्थे । मालिकहरूले दासहरूलाई किन्ने र बेच्ने गर्दथे । अर्थात त्यस समाजमा दासहरूको व्यापार पनि हुन्थ्यो ।

युगको निश्चित समय हुन्छ । एउटा युगको समय समाप्त भएपछि अर्को युग सुरु हुन्छ । जस्तो कि एक दिनपछि अर्को दिन, त्यस्तै महिना, साल, वर्ष जस्तै युग पनि परिवर्तन हुने हुनाले सधै एउटै खाले शोषण टिक्न सकेन र नयाँ प्रकारको शोषण गर्ने राज्य व्यवस्था भएको सामन्तवादी युगको उदय भयो । यो समाज विकासको क्रममा तेस्रो चरण्को समाज थियो । यस युगमा शासक वर्गले भुमि कब्जा गरी भू–स्वामी बने र शोषित वर्गले भू–दासको रूपमा काम गरी तिनीहरूको परिश्रमबाट ती शासकहरू पालिए । यस समाजको पनि आफ्नै कारणले परिवर्तनको नियमसँगै पतन भयो । यस समाजकै गर्भबाट अर्को चौथो चरणको समाजको जन्म भयो । त्यो हो पुँजीवादी समाज । यस पँुजीवादी समाजमा पनि दुई विपरीत वर्ग हुन्छन् । ती वर्गहरू उच्च र निम्न, मालिक र नोकर, पुँजीपति र श्रमजीवीका रूपमा कायम रहन्छन् र रहेका छन् ।

यो समाजमा उच्च वर्गले निम्न वर्गको श्रम किन्ने र श्रमिक वर्गले आफ्नो श्रम बेचेर जीवन निर्वाह गर्ने गर्दछ । उच्च वर्गले उत्पादनका साधनमाथि कब्जा जमाउँछ र श्रमजीवी वर्गसँग आफ्नो पाखुराको श्रम बाहेक केही हुँदैन । त्यसैले उच्च वर्गलाई पुँजीपति वर्ग र श्रमिक वर्गलाई सर्वहारा वर्ग भनियो । यो नै पुँजीवादी समाज हो । यो समाजले पनि एउटा युगको प्रतिनिधित्व गर्दछ । त्यसैले यसलाई पुँजीवादी युग भनिन्छ । यसले पुँजीपति र सर्वहारा वर्गवीचको भेदभाव कायम राख्ने भएकाले मानव समाजलाई वर्गविहीन समाजको रूपमा विकास गर्दछ र वैज्ञानिक साम्यवादी समाजको स्थापना हुन्छ । त्यो समाज वर्गविहिन हुन्छ । त्यस समाजले अर्को एक युगको प्रतिनिधित्व गर्दछ । त्यस युगलाई साम्यवादी युग भनिन्छ । समाज विकासको क्रममा यो पाँचौ चरणको समाज हुने छ । यसरी समाज र समाज विकासको सान्दर्भिक अर्थ स्पष्ट गरिसकेपछि अव सेवा निवृत्त राष्ट्रसेवकको प्रसङ्ग ।

सेवानिवृत्त राष्ट्रसेवकहरू भनेका राज्य व्यवस्थाभित्र रही तोकिएको निश्चित अवधि भर राष्ट्र सेवार्थ तोकिएको काम काज गरी सेवा छाडिसकेका शिक्षक, प्राध्यापक, निजामती, प्रहरी, सेना तथा वित्तीय संस्थाका कर्मचारीहरू हुन । हुन त राष्ट्र सेवक भनेका राज्यको शासन प्रणाली भित्र रही त्यस राष्ट्रको नीति र कार्यक्रम अनुसार काम गर्ने सम्पूर्ण जनशक्ति पर्दछ । तैपनि यहाँ राष्ट्रसेवक भन्नाले तोकिएको सेवा अवधि पूरा गरी सेवा छाडेर बसेका सेवकहरू भन्ने बुझ्नुपर्दछ ।

अव समाज विकासमा निवृत्त राष्ट्रसेवकहरूको भुमिकाको प्रसËमा आजको समाजमा समाजको वैज्ञानिक परिवर्तन अथवा क्रान्तिकारी परिवर्तनका लागि निवृत्त राष्ट्रसेवकहरूले खेल्नुपर्ने भूमिका र वहन गर्नुपर्ने दायित्व केहो भन्ने कुरामा स्पष्ट हुनु आवश्यक छ ।

आजको युग पँुजीवादी युग हो । पँुजीवादी युगमा समाजको स्वरूप वर्गीय हुन्छ । वर्गीय समाजमा पुँजीपति वर्ग र श्रमजीवी वर्ग हुन्छन् । यी वर्ग भनेका सम्पन्न वर्ग र विपन्न वर्ग अर्थात बसिखाने वर्ग र गरिखाने वर्ग हुन । यस युगमा राज्यसत्ता पुँजीपति वर्गको कब्जामा हुन्छ । पुँजीवादी राज्यसत्ता त्यस्तो सङ्गठित संस्था हो जसको मध्यमबाट ठूलो सङ्ख्यामा रहेको श्रमजीवी वर्गको श्रम शोषण गरेर मुठ्ठीभर पुँजीपतिहरूले उच्चस्तरको सुख सुबिधाहरू उपयोग गरिरहेका हुन्छन् । जबसम्म पुँजीपति वर्गको हातमा राज्यसत्ता रहिरहन्छ तबसम्म श्रमजीवी वर्ग उनीहरूबाट शोषित र पीडित भइनै रहन्छ । त्यसैले श्रमजीवी वर्गले आफ्नो मुक्तिका लागि पुँजीपति वर्गबाट राज्यसत्ता खोसेर आफ्नो हातमा लिनुपर्छ ।

श्रमजीवीहरूले राज्य सत्ता आˆनो हातमा लिन पुँजीपति वर्गका विरुद्ध निरन्तर सङ्घर्ष गर्नु पर्दछ । यो नै वर्गसङ्घर्ष हो । वर्गसङ्घर्षको लागि श्रमजीवी वर्गले सर्वप्रथम त सही विश्व दृष्टिकोण निर्माण गर्नु पर्दछ । श्रमजीवी वर्गको सही विश्व दृष्टिकोण भनेको सर्वहारा वर्गीय दृष्टिकोण हो । यदि कुनै पनि श्रमजीवीले सर्वहारा वर्गीय दृष्टिकोण आफुमा निर्माण गर्न सकेन भने उसले वर्गसङ्घर्षको राजनीतिक लाइनलाई सही ढङ्गले समात्न सक्दैन र पँुजीपति वर्गको राजनीतिलाई फाइदा पुग्न जान्छ ।
राजनीति भनेको वर्गीय समाजमा एक वर्गले अर्को वर्गलाई परास्त गरी उनीहरू माथि शासन गर्ने महत्त्वपूर्ण नीति र सिद्धान्त हो । वर्गीय समाजमा राजनीति एक वर्गीय पेशा नै हो । राजनीति सही दर्शन र सिद्धान्तको आधारमा सही नीति र कार्यक्रम निर्माण गरी सही ढङ्गले संचालन गर्न सकिएन भने दुश्मन वर्गलाई समाप्त गर्नुको सट्टा आफुलाई नै समाप्त गर्न सक्दछ ।

पुँजीवादी राज्यसत्ता आˆनो अनुकूल सञ्चालन गर्न पुँजीपति वर्गका शासकहरूले श्रमजीवी वर्गको नियम, कानुन निर्माण गरी उनीहरूलाई नै उपयोग गरी कार्यान्वयन गर्ने गर्दछन् । राज्यका नीति नियम कार्यान्वयन गर्ने भनेका शिक्षक, प्राध्यापक, निजामती, सेना, प्रहरी र अन्य सङ्घ संस्थानका कर्मचारीहरू नै हुन । ती सबै निकायका सबै कर्मचारीहरू श्रमजीवी वर्गका नै हुन । तिनीहरूले मानसिक श्रम गर्दछ्न । यी सबै कर्मचारीहरूलाई जनताबाट उठाएर राज्यको ढुकुटीमा जम्मा गरेको करबाट तलब सुबिधा दिइन्छ र श्रमजीवी वर्गको विरुद्धमा पुँजीपतिवर्गको हितमा काम गराइन्छ ।

ती कर्मचारीहरू बुर्जुवा पुँजीपतिभन्दा बुद्धिजीवी र क्षमतावान हुन्छन्, तापनि आफ्नो विपरीत वर्गको उपयोगी बनी काम गर्छन् । यदि ती कर्मचारीहरूले आ–आफ्ना विभिन्न निकायबाट पुँजीपति वर्गको हितमा काम नगरी आफ्नो वर्गको पक्षमा गरिदिने हो भने तिनीहरूको राज्यसत्ता असफल हुने थियोे । श्रमजीवी वर्गले राज्य सत्ता कब्जा गर्ने सहज वातावरण निर्माण हुँदै जाने थियो । तर त्यसो हुन सक्दैन किनकि ती कर्मचारीहरूले एकातिर आफ्नो जागिरको सोझो गरेका हुन्छन् भने अर्कोतिर तिनीहरूले आफ्नो सहि विश्व दृष्टिकोण निर्माण गरिसकेका हुँदैनन । ती कर्मचारीहरू श्रमजीवी वर्गमा पर्दछ्न तापनि उनीहरूको विश्व दृष्टिकोण सर्वहारा वर्गीय दृष्टिकोण नभइसकेको हुन सक्दछ ।

सरकारका तथा संस्थानका वहालवाला ती कर्मचारीहरूले आफ्नो वर्गको पक्षमा र शासक वर्गको विपक्षमा काम गर्न त सकेनन नै, तिनीहरूले आफ्नो पदबाट सेवा निवृत्त हुँदा कमसेकम २० वर्षदेखि अधिकतम ४०/४५ वर्ष सम्म आफ्नो जीवनको उर्वरा शक्ति खर्च गरेर काम गरेको अनुभव प्राप्त गरेका हुन्छन् । तिनीहरूसँग सीप, दक्षता, क्षमता, बुद्धि र विवेक हुन्छ । त्यस्ता सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूले अब आफ्नो श्रमजीवी वर्गको पक्षमा र पुँजीवादी राज्यसत्ताको विरुद्धमा दृढतापूर्वक काम गर्नु पर्दछ । त्यस्ता निवृत्त राष्ट्रसेवक कर्मचारीहरू फुर्सदिला हुने भएकोले आफ्नो फुर्सदको समयलाई सदुपयोग गरी, आफुले हासिल गरेको दक्षता, क्षमता र अनुभवको प्रयोग गरी देश र जनता, राष्ट्र र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा तथा आफ्नो श्रमजीवी वर्गको हीतमा लगाउनु पर्दछ । सिधा अर्थमा भन्ने हो भने अब आफ्नो जीवनको बाँकी समय वर्गसङ्घर्षको राजनीतिमा इमानदारीपूर्वक लगाएर देश र जनता, राष्ट्र र राष्ट्रियताको सेवामा लगाउनु अत्यन्त जरुरी भएको छ ।

यसरी श्रमजीवी वर्गको राजनीतिमा आफ्नो विश्व दृष्टिकोण सर्वहारा वर्गीय दृष्टिकोण निर्माण नभइसकेको भए सर्वप्रथम त्यो दृष्टिकोण निर्माण गर्न जरुरी छ । अर्कोतर्फ सेवा निवृत्त राष्ट्रसेवक कर्मचारी साथीहरूले हासिल गरेको ज्ञान, सीप, दक्षता, क्षमता, अनुशासन, नियमितता, लगनशीलता र परिश्रम गर्ने वानीलाई साँच्चै ब्यवहारमा प्रयोग गरी देश र जनताको हितमा लगाउन सक्नु पर्दछ ।

यी माथि उल्लेखित कुराहरू सेवा निवृत्त राष्ट्र सेवकहरूका लागि सैद्धान्तिक कुराहरू मात्र भए । वर्तमान राजनैतिक परिस्थितिलाई हेर्दा यो पुँजीवादी युगमा संचालन हुने राज्य व्यवस्था पुँजीवादी नै हुन्छ । हाम्रो देश नेपालमा पुँजीवादी व्यवस्थाका संचालकहरूले विदेशीहरूको दलाली गरेर उनीहरूको स्वार्थको लागि काम गर्दछन । हाम्रो देशमा यो शुद्ध पुँजीवादी व्यवस्था नभएर सामन्ती, नोकरशाही तथा दलाल पुँजीवादी व्यवस्था हो । नेपाली जनतालाई चाहिएको पुँजीवादी व्यवस्था आएकै छैन । यो सामन्ती प्रकारको नोकरशाही तथा दलाल पुँजीवादी व्यवस्थामा यिनीहरूले तमाम नेपाली जनताको प्रतिनिधित्व गर्दैनन् । नेपाली श्रमजीवी वर्गको विरुद्धमा नोकरशाही तथा दलाल पुँजीपति वर्गको मात्र प्रतिनिधित्व गर्दछन् । यिनीहरूले राष्ट्रिय पुँजीपति वर्गको पनि विरुद्धमा काम गर्दछन ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि कुनै काम गर्दैनन् । यिनीहरूले इतिहासमा अहिलेसम्म कै सबैभन्दा ठूला राष्ट्रघात गरेका छन् । एमसीसी, एसपीपी र नागरिकता विधेयक यसका ज्वलन्त उदाहरणहरू हुन् । अहिले नक्कली भुटानी शरणार्थी प्रकरणले झन् ठूलो जनघात भएको छ । यो प्रकरणले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बिग्रेको छ । त्यस्तै भ्रष्टाचारका काण्डै काण्ड गुप चुप पारिएको छ । यसका केही उदाहरण वाइडबडी, यति एयर, ओम्नी, ३३ किलो सुन, पशुपतिमा सुनको जलहरी आदि जस्ता अनगिन्ती काण्डहरू छन् । त्यसकारण यिनीहरूले राष्ट्रियता, जनतन्त्र, जनजीविकाको पक्षमा काम गर्दैनन् भन्दा पनि राष्ट्रकै अस्तित्त्व मेटाउने खतरा छ ।

यो व्यवस्थामा जुन पार्टीको जोसुकै प्रधानमन्त्री भएपनि विदेशीको स्वार्थमा काम गर्दछन र राष्ट्रघात गर्दछन । यस्तो काम अहिले पनि भएको छ । त्यसैले नेपालमा यो व्यवस्था असफल भई अफाप सिद्ध भएको छ । अब यसको विकल्पमा जनवादी व्यवस्थाको स्थापना गर्नु पर्दछ । त्यसको लागि क्रान्तिकारी कम्युनिस्टहरूको ध्रुवीकरण गरी उनीहरूको नेतृत्वमा देशभक्त, जनतान्त्रिक, वामपन्थी र क्रान्तिकारी शक्तिहरूको संयुक्त मोर्चा बनाएर सङ्घर्ष गर्नु पर्दछ । सेवा निवृत्त राष्ट्र सेवकहरू जहाँ–जहाँ भएपनि देशभक्त शक्ति नै हुन् । तिनीहरू मध्ये कोही, वामपन्थी, जनतान्त्रिक र क्रान्तिकारी शक्ति पनि हुन सक्छन् । त्यसैले सेवा निवृत्त साथीहरू देशको यो सÍटको घडीमा सक्रियता साथ राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा भूमिका निर्वाह गर्न आवश्यक छ ।

प्राय: धेरैजसो सेवा निवृत्त राष्ट्रसेवक साथीहरूले आफ्नो अवको बाँकी निवृत्त जीवन शुख सुविधाजनक र आरामदायी जीवन बिताउने कुरा गर्दछन् । उनीहरूले आफ्नो निवृत्तिभरण भत्ता प्राप्त गर्नुलाई जीवनको उद्देश्य पुरा भएको ठान्दछन । यो सोचाइ गलत छ । जीवनको लक्ष्य त्यति मात्र हो भन्ने सोंचाईले आफुलाई अवको बाँकी दिनमा निष्कृय तुल्याउँदै जान्छ । मानिसको जीवन निष्क्रिय हुन थाल्यो भने आफुमा भएको ज्ञान, शीप, गुण, दक्षता, क्षमता, योग्यता आदि सबै हराउँदै जान्छ । व्यक्तिमा हुनुपर्ने यी सबै गुणहरू लोप हुने वित्तिकै मानिसको जीवनको पनि अस्तित्त्व समाप्त हुनुको साथै जीवन नै समाप्त हुन पुग्दछ । मानव जीवन नै समाप्त भएपछि उसको सबै समाप्त भएर जान्छ । त्यसैले सेवानिवृत्त राष्ट्रसेवक साथीहरूले कदापि सुख सुविधाको आरामदायी जीवन बिताएर निष्क्रिय बन्न नखोजी सदैव सक्रिय बनौँ । आˆनो जीवन कालमा सिकेका र आर्जन गरेका सीप, दक्षता, क्षमता र योग्यतालाई व्यवहारिक पुनरावृत्ति गरौँ र जीवनलाई सदैव सक्रिय बनाउँदै जाऔँ । सक्रिय जीवनको लागि शारीरिक र मानसिक अभ्यासको निरन्तर आवश्यकता हुन्छ ।

चाल्र्स डार्विनले आफ्नो रचना “द सर्भाइवल अफ द फिटेस्ट” मा “आफ्नो जीवनलाई निरन्तर सङ्घर्षमा लगाउने जीव नै प्रकृतिमा जीवित रहन सफल हुन्छ” भनेका छन् । त्यसैले हामी सबै मानव जाति पनि आफ्नो जीवनभर जति सक्रिय रहन्छौँ त्यति नै जीवित रहन्छाँै । जीवनलाई कसैले पनि निष्क्रिय बनाएर खेर नफालाँै । झन सेवा निवृत्त राष्ट्रसेवकहरू त जीवनभर आफ्नो सक्रियताको गति बढाउँदै देश र जनता, राष्ट्र र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षको सेवामा समर्पित बनौँ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित