गजल

हिराछबी श्रीशा ••

बेचैन छ मुटु पनि, ढुकढुकीको ताल भिन्न
छोड्नु छ संसार सबले, तर यहाँ काल भिन्न ।। १ ।।

तँ अछुत म चोखो, जन्म मरण एउटै त हो
उग्र र अज्ञानताले देखिदैछ, नेपाल भिन्न ।। २ ।।

समाजलाई सिँगार गर्ने मान्छे अछुत सानो भयो
कसरी भो शोषण गर्ने, मनुष्यको हाल भिन्न ।। ३ ।।

मानवतालाई बिर्से पछि ताण्डव छ, धर्म बिचको
भगवान एउटै, हिडाइ एउटै, तर हाम्रो चाल भिन्न ।। ४ ।।

अल्लाह यशु, भगवान, पुकारीने नाम फरक
नदी एउटै, सागर एउटै मात्र यहाँ छाल भिन्न ।। ५ ।।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित