सेल्फी ःभ्यूटावर

आविष्कार कला

सम्पूर्ण राजनैतिक व्यवस्थाको
परिवर्तन र प्रयोगपछि
पहाडै पहाडको देशमा
भ्यू टावरको निर्माण बढ्दो छ ।।

शिक्षा, स्वास्थ्य
जनतालाई
योग्यता अनुसारको काम
काम अनुसारको दाम
कहिले पाउछन्
त्यो
नेपाली समाजवादमा पर्दैन ।।

तीन तहको जनसरकार
युवालाई सीमपार पठाई
स्मार्ट मोबाइललाई काम दिने
योजनामा व्यस्त छ ।।

जन्मेदेखि देखेको दृश्यले
गाँस बाँस कपासको
व्यवस्था नगरे पनि
भ्यू टावर उद्घाटनमा
आएको बोलिले भन्यो ः
अब विकासको मात्रै होइन
पर्यटनको बाढी आउनेछ
पहाडको चुलीमा ।।

भ्यू टावरले
राजश्व सकाउन मात्र सहयोग गरेको छैन
उत्तिकै सहयोग गरिरहेको छ
विज्ञान प्रविधिको युगमा
लाइक र कमेन्टका लागि ।।

आज प्राकृतिमाथि
बलात्कारको असर देख्ने
प्रत्यक्षदर्शी हुनेछ नाति पुस्ता ।।

प्राकृतिक चुलीबाट देखिने दृश्य
विकासे भ्यू टावरबाट देखिने चारकिल्ला
फरक छुट्टाउन
लोकसेवामा प्रश्न दिए
सबै प्रशिक्षार्थी अनुत्तीर्ण हुन्छन्
तर पास हुन्छन्
फेसबुकका लागि सेल्फि खिच्नेहरू
उतिर्ण हुन्छन्
प्रतिशतमा विकासे योजना पास गर्नेहरू ।।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित