– करण दयाल
हातमा पावर छ भने जे पनि गर्न सकिने ।
मनपसन्द नपरे तुरुन्तै कार्वाई गर्नसकिने।
ब्याक्ति प्रभुत्व र मनपरि जेपनि गर्न मिल्ने।
जति झुटमाथि झुट बोले पनि नेतृत्वले हुने।
सन्दर्भ बागलुङ ढोरपाटन चारको हो
यो तितो सत्ते तिलक पुन माथि घटेको हो
जनताको लोकप्रिय नेता रहेछन तिलक
गलत समझौता गरेनन उनले कहिल्यै
जनताले चाहेकै रहेछ तिलकलाइ र नै पुनः जितायो
लालबादशाहले उनलाइ हराउन न्वारनदेखिको बल लगायो
सच्चा योद्धाका बिरूद्वमा मोर्चा कस्यौ तर नि हार्न पुग्यौ
पार्टीको छबिलाई फोहर पोखरिमा डुबायौ
हामीले दार्सनिक मानेका थियौ उसलाइ
जे निर्देशन दियौ फलो गर्याै हामीले
अबसरबाद सित समझौता नगरेकै कारण
पार्टी सदस्य नरहनेगरि निकाल्यौ हामीलाई
माहान नेता मानी भनेका थियौ आहा
तर यथार्थमा रहेछौ तिमी लालगद्दार !!
( भारत बेङ्लोर दक्षिण )

