–टंकराज ढकाल तितेपाती
छन्द–गोवृष
गण म त य स गु गु यति ४, ९ मा
तृष्णाधारी पामर कस्ता हुल के हो यो
भ्रष्टाचारी चोर छ दस्ता भन के हो यो
छन् लाचारी छुस्कर नाथे चुस यो छाती
कालो धन्दा चल्छ रडाको जननी घाती ।
१
नापी जोखी तस्कर भेंडा सुन आयात
आँखा छल्दै लस्कर लाग्ने धुन निर्यात
पापाचारी दुष्ट मिलेका घरमा मस्ती
जल्दोबल्दो लाग्छ समस्या जननी घाती ।
२
देख्दादेख्दै दुच्छर जालो बुन चोयाँको
लुट्दालुट्दै बाँदर भाले खलको डाँको
आयो ठूलो लोफर नामी जनको काती
राते काले मच्छर धामी जननी घाती ।
३
भाषा मासे नोकर बन्दै अब के बाँकी
कालो रात्री भन्छ उज्यालो वनको टाँकी
आˆनो मान्छे हुल्छ अँध्यारो खलको ताँती
कालो धन्दा चल्छ रडाको जननी घाती ।
४
चोर्दै खाने हुन्छ पराया अवनी चोरी
पौँठेजोरी खेल्छ उताको धमनी भारी
ऐरेगैह्रे बन्छ धनी जो भुषको कुस्ती
कालो धन्दा चल्छ रडाको जननी घाती ।
५
सत्ताधारी चुस्दछ धागी घरको बारी
मुर्रा राँगो मास्दछ बाली फलको घारी
उल्टोपाल्टो बज्दछ ताली दलको दाँती
पैसावाला खोज्दछ नाफा जननी घाती ।
६

