
करन दयाल
एकता समाज चिरा चिरामा बदलिने गरेको छ ।
एकता समाजले सङ्गिन अवस्थाको सामना गरेको छ ।
स्थापनाकाल देखि अहिलेसम्म सङ्घर्षरत रहेको छ ।
चट्टान झै उभिएर जनचेतना जगाउने गरेको छ ।
बेलाबेलामाअवसर खोज्नेहरूको झुन्डदेखिएका छन् ।
परिवर्तनशील हुनुपर्नेमा अवसरवादमा तल्लिन छन् ।
केही चेङ्काइसेकको बाटो त केही बलाङ्की भएछन् ।
त्यही प्रवृत्तिहरूले एकता समाजलाई धोका दिएका छन् ।
दुश्मन शक्तिसित हातेमालो गरेर जनतालाई धोका दिनेहरू
आफू चोखा देखिने आफ्नो गल्ती अरूलाई थुपार्नेहरू
क्रान्तिको दिशा भन्नेअवसर खोज्न जाने भ्रमजालीहरू ।
इतिहासमै दबदबा रहृयो यिनको हामी भ्रम जालमा पार्यौँ ।
एकता समाज थिचोलिदै बिथोल्दै गर्दा एक ठाउँमा भएन ।
अखिलको झण्डालाई सही विचारको मिश्रण गरिएन ।
फरक विचारले एकतामा आँच आयो एकमत भएन ।
एकता टुक्राटुक्रा भए एकता समाज एउटै रहेन ।
क्रान्तिकारी नाम त सबैले दियो क्रान्तिलाई पर्खन सकेन
एकता समाजकोे नामले राजनीति गर्नेहरूको कमी छैन ।
नेपाली मजदुरहरूको समस्या समाधान गर्ने ज्ञान छैन ।
एकताले एकताको विरूद्वमा लडछ भने यसरी हुने भएन ।
भारतमा सबै एकता समाजका गतिविधि एउटै देखिन्छन ।
नेपाली माथि भइपरी आउने समस्यामा टाढा देखिन्छन् ।
बोल्नेबेला माइकमा आगो भन्दापनि झन तातो बोल्छन ।
जब समस्या पर्छ जनतामा त्यो बेला धेरै टाढा देखिन्छन् ।
काम गर्ने कालू मकैखाने भालु भन्ने एउटा उखान थियो ।
काम हामीले गर्ने नामधारीहरूको ठुलो चुरिफुरि मात्र भयो ।
हामी कसैले के गर्छ त्यो हेर्दैनौ हामीले जनसहयोग गर्ने हो ।
एकताका हातहरू बढाउने छौँ समाजको काम यही हो ।
एकता समाजको आठौँ अखिल भारत सम्मेलन सफल पारौँ ।
सम्मेलनको प्रचार प्रसार भारतका कुना काप्चामा नछोडी गरौँ ।
अखिल भारत सम्मेलन सफलताको लागि प्रचार जोरसोरमा गरौ ।
सम्मेलन सबै मिली सबै रुपमा सफल पारौँ ।
सम्मेलन लाई सहयोग गर्ने सम्पुर्णमा धेरै धेरै धन्यबाद छ ।
आठौँ सम्मेलनमा आउने सबैलाई स्वागत छ ।
नेपालीहरूको अभिभावक एकता समाज हो भन्ने बताउनु छ ।
अखिल भारत नेपाली एकता समाजको सम्मेलन सफल पार्नुछ ।

