मीना विश्वकर्मा ••
श्रृजनाका फुलहरू सबै मिली रोपौँ –२
एकताको झन्डा मुनि सङ्गठित बनाैँ –२
अधिकार ल्याउन सबै मिली उठौ
नारीहरू एकभई सङ्गठनमा जुटौ–२
यो सालको तिजमा नयाँ फुल रोपौँ –२
समानताको बाटो हामी सबै मिलि रोजाँै
तीज आयो तीज आयो दिदीबहिनी रमाउँदै –२
महिला मुक्ति आन्दोलनको गीत सुनाउँदै –२
उठ दिदी उठ बैनी तीजको बेलामा –२
जीवन खेर नफालै है साहुको मेलामा –२
छोरा जन्मे खुशी हुन्छन् छोरी जन्मे दु:ख –२
कहिले होला हाम्रो देशमा नारीहरूलाई सु:ख –२
एक रथका दुईटा पाङ्ग्रा महिला पुरुष भन्छन –२
अधिकारबाट नारीहरूलाई किन बञ्चित गर्छन्
यो समाजमा महिलाहरूले धेरै दु:ख भोग्नु छ –२
नारीहरूलाई दु:ख दिने शासन रोक्न छ –२
महिलाहरू सबै मिली सङ्गठनमा जुटनु छ –२
जनवादी आन्दोलनको गीत गाउनु छ –२
महिला पुरुष सबै मिली अघि अघि सरौ है–२
अन्याय र अत्याचारको विरोध गरौँ है –२
सम्पत्तिमा समान अधिकार बराबरी भन्दै छन् –२
दिने बेला अधिकारबाट बञ्चित गर्दैछन् –२
यो सालको तीजलाई राम्रोसँग मनाउँ –२
अत्याचारी शासनलाई देशबाट भगाउँ –२
विदेशका गल्तीहरूमा कति पोख्छौ पसिना –२
देशमै फर्क दाजुभाइ हो कम्मर कसन –२
काम खोज्दै दिदीबहिनी विदेशलाई नधाउँ –२
जति दुख परेपनि देशमै रमाउँ –२

