आउलानी अर्को तीज खुशी भरेर

– मनु विक
तीज आयो रङ्गी चङ्गी गाउँ शहर भाको छ
मनभरी विरहको गीत आको छ ।
बस्न मन लागेको छ माईती घर गएर
शहरमा दिन बित्यो माईती सम्झेर ।
मन पुग्छ माईती गाउँ टाढा पर्यो बाटो नी
विरहमा रहेको छ माईती माटो नी ।
बाबा थिए माइती घरमा आज बिति गइगए
माइती घर मलिन भो रुने भैगएँ ।
बाबाले बनाएको घर रित्तो भएको
चाडबाड आउँदा बाबाको याद आएको ।
खेल्ने, चल्ने, हाँ꞉ने, बोल्ने घर रित्तो भएको
मुटु भरी बाबाको याद रहेको
बाबा बिना घर, आँगन, डाँडै रित्तो भाको छ
रनवन डुल्ने चरी साह्रै र्वाको छ ।
विरहका गीत गाउँदै डुल्छे न्याउली चरीले
रुवाउँदै छ मन, मुटु यादको घरीले ।
आकाशको बादल हेर्छु बाबा छन् कि भनेर
तल, माथि,डाँडा काँडा ब꞉छु हेरेर ।
झरी हेर्छु, बादल हेर्छु, बाबा छन् कि भनेर
आधा वर्ष बिति गयो दिन गनेर ।
नत रोक्न सकिने, नत छेक्न सकिने,
काल बनेर आएपछि रुक्दै नरुक्ने ।
बाबा बिति गएपछि आमा एक्लै भएको
आमाको मन पनि सँधै रोएको ।
तीजका गीत बजे पनि मनै रुने भाको छ
बिर्सन्छु भने पनि याद आको छ ।
यो सालको तीज मलाई साह्रै खल्लो लाईराछ
मन मुटु चिरा चिरा आँसु आईराछ ।
सम्झाउँदै छु आफैलाई नरोउ तिमी भनेर
आउलानी अर्को तीज खुशी भरेर ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित