समाज

टङ्कराज ढकाल तितेपाती

(छन्द–उपजाती) इन्द्रवज्रा र उपेन्द्रवज्रा
समाज के हो अनबिज्ञ टालो
रिवाज मास्ने हतियार पालो
गर्दैन केही मतियार कालो
फोर्दैछ ताला चुपचाप जालो । १

हजार धन्दा गुणगान गर्छन्
हियार कालो फलिफाप पार्छन्
खैरे बिरालो अघिलाग भन्छन्
मुर्दा मलामी धनमात्र खोज्छन् । २

छ तस्करीको अभिमान सत्ता
लिदैछ पैसा अभियान छत्ता
माथा गलेको भरिया छ पत्ता
काया गधाको अझ भन्छ मत्ता । ३

सुकेछ डाली तब पात झर्छन्
हराम जाली परबाट हेर्छन्
हालीमुहाली सुरताल कस्छन्
लुट्ने हसुर्ने अघिसर्न थाल्छन् । ४

सुमार्ग छाड्दै परजान थाल्छन्
कुमार्ग रोज्दै हलिया फलाक्छन्
बाटो बिराए किन टाप ठोक्छन्
माटो हरायो किनबेच चल्छन् । ५

मुडेर हाँगा रुखपात निस्तो
चुँडेर छायाँ पदचाप सस्तो
आमा रुवाए चलखेल कस्तो
बाजा बजाए मखलेल जस्तो । ६

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित