किसान

टङ्कराज ढकाल ‘तितेपाती’

छन्द – द्रुता
गण र य ज गु यति ५ मा

काँधमा सधैं बोक्छ जो हलो
उव्जनी दिँदै गर्छ जो भलो
लोभ कर्ममा छैन जो ढलो
मर्म के थियो हुन्छ कोचलो । १

खट्छ काममा रामको सरी
काम चोर ऊ हुन्न क्वै गरी
नाम दाममा चल्छ हुण्डरी
लोकको दया हुन्न उ꞉तरी । २

जो बिचौलिया हुन्छ त꞉करी
चोर जालले ड꞉छ बेसरी
दुष्टको हिया हुन्न केशरी
भ्रष्टले नियाँ दिन्न माधुरी । ३

आपदा चले देख्छ को यहाँ
लोकलाजमा ब꞉छ को कहाँ
लोकतन्त्रमा चु꞉छ को जहाँ
भोकतन्त्रमा अन्न खै यहाँ । ४

नाश हुन्न के दीर्घ के भयो
ताप हुन्न रे घाँसमा दियो
नाप चल्छ रे दाशको हियो
खै गुलामको रास देखियो । ५

मध्यरातमा आँसु पोखियो
यी किसानको मासु टोकियो
जो मसानमा काजु बाँडियो
द्रोह चालले देश भाँडियो । ६

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित