–मनु विक
युद्ध चलिरहेछ विश्वमा
युद्धले बलिरहेछ विश्व
आज प्रयोग हुँदैछन् अत्याधुनिक हतियारहरू
मान्छेमार्न,
मान्छे आदेशले मारिन्छन्
मान्छे कसैको ईशाराले मारिन्छन्
ईशारा दिनेहरू, आदेश दिनेहरूले
लुट्न चाहन्छन् कसैको सम्पत्ति
रमाउन चाहन्छन् स्रोत साधनमा अरुको
यहि भएर त युद्ध छ यहाँ
यहि भएर त द्वन्द्व छ यहाँ
मान्छे मार्न पाएकोमा खुशी छन् कोही
मान्छे मार्न नपाएकोमा दु:खी छन् कोही
खुशी या दु:खी जे भएपनि
आखिर मारिने त मान्छे हो
चिन्दैन बम गोला र रकेटले मान्छे
चिन्दैन ड्रोन, बन्दुक र ग्रिनेटले मान्छे
यो त चल्छ केवल आफ्नै गतिमा
यो त बज्रिन्छ मान्छेकै छातीमा
छातीमा बज्रिएपछि उसको काम मान्छे मार्ने हो
कसैबाट फालिएपछि उसको काम
कसैलाई सिध्याउने हो
सिध्याउने र सिद्धिने खेलमा लागिरहेको छ मान्छे
कसैको खेलमा तल्लिन छ मान्छे
यो खेल निकै खतरनाक खेल हो
युद्धको खेल मान्छे मार्ने खेल,
अरुखेलमा जित र हार हुन्छ
यद्धको खेलमा केवल मारै मार हुन्छ
लुटिने र लुट्ने त युद्धको नियमै हो
सकिने र सक्ने त युद्धको कामै हो
अझ यो अर्कैको लागि गर्नु परेको युद्ध
यो युद्धमा मारिन्छन् अर्कै,
रमाउँछन् अर्कै के माया हुन्छर ?
अर्कैलाइर्, अर्काको रगतको
अर्काले चाहन्छन् रगत बगिरहोस्
अर्काले चाहन्छन् मान्छे मरिरहोस् ।
युद्ध त चलिरहेछ बेसुरमा
युद्ध त मच्चिईरहेछ बेतालमा
बेसुरमा चलेको युद्ध लाई अझै
बेसुर बनाउन पाएकोमा खुशी छन्कोही
बेतालमा चलेको युद्धमा अझै
बेताल बनाउन पाएकोमा हर्षितछन् कोही
धेरै मान्छे मार्न पाएकोमा मख्ख छन् कोही
मान्छे मारिएको समाचार हेर्न र सुन्न पाएकोमा
गौरव गरिरहेका छन् कोही,
र हतियार बेचिरहेका छन् कोही
कस्तो अचम्म छ मान्छे आफ्नो पेट भर्न
एक छाक खान मान्छे मार्न हतियार बेच्छ मान्छे
हतियारले पनि मान्छे मान्छे चिन्छर ?हजुर
मान्छे सकिने गरी युद्ध गर्न चाहिरहेछ मान्छे
मान्छे सकिएपछि कहाँ होला युद्ध
मान्छे रित्तिएपछि धर्तीमा
को आउँछ युद्ध गर्न ?
को आउँछ युद्ध गर्न ?
Comments

