आदित्य अधिकारी ••
गणतन्त्र आएपछि खै के चाहिँ सुधार भयो मेरो देशमा
सधैं कुर्सी कै लागि लडाइँ सधाबाहार भयो मेरो देशमा ।
संविधानमा फासीको सजाय नभएकै कारणले गर्दा हो
दिनानुदिन नारी हरू माथि बलत्कार भयो मेरो देशमा ।
दक्ष युवा जनशक्ति हरू लाई मुग्लान पठाएको राजस्वले
सधैं बृद्ध रोगि नेताहरूको मात्र उपचार भयो मेरो देशमा ।
सधैं छिमेकीले मातृभूमि लाई चिथोरी रहेको देख्दादेख्दै
खै को बाट मातृभूमिको स्याहारसुसार भयो मेरो देशमा ।
विदेशी भुमिका नेताहरू विश्व विद्यालय बाट जन्मिन्छन्
अचम्म लाग्छ नेता जन्माउने कारागार भयो मेरो देशमा ।
Comments

