हुनेछ संसारको जीत

मानबहादुर भण्डारी

कतै धर्मको नाममा त कतै जातको नाममा
कतै बर्णको नाममा त कतै लिङ्गको नाममा
कतै भाषाको नाममा त कतै भूगोलको नाममा
लडिरहेछन एकापसमा मान्छे तेरो मेरो नाममा
कतै पार्टीको नाममा, कतै सम्पत्तिको नाममा
कतै पहिचानको नाममा, ठूलो र सानो नाममा
अग्लो होँचो, धनी गरिबको अनि रङ्गको नाममा
लडिरहेछ्न एकापसमा मान्छे प्रभुत्वको नाममा

भत्काउने पनि तिमी, बनाउने पनि तिमी
लड्ने पनि तिमी, लडाउने पनि तिमी
मार्ने पनि तिमी, बचाउने पनि तिमी
उचाल्ने पनि तिमी,पछार्ने पनि तिमी
मायाँ गर्ने पनि तिमी, घृणा गर्ने पनि तिमी
सुखी पनि तिमी, अनि आफै दुखी पनि तिमी
सन्तुष्ट पनि तिमी, असन्तुष्ट पनि आफै तिमी

जन्मींदा जात, धर्म, भेदभाव लिएर आएनौ
तर बाँचुन्जेल किन असमानता भेदभाव
किन अहङ्कार, स्वार्थी अनि उँचनीच
मर्दा लाने आखिर के छ फेरि पनि किन दम्भ
एकापसमा काटमार, आफैलाई रुवाउँछौँ किन ?
मानवताको नाममा दानवता आखिर किन ?

भो अब पुग्यो, छोडौँ एकापसमा तुलना गर्न
बरु सोचौँ सबै समान हौँ, छोडौँ अपहेलना गर्न
सोचौँ विश्व साझा घर,हामी अन्तरास्ट्रिय जाती हौँ
पृथ्वी तलमा हामी सबै मानव, एकापसका साथी हौँ
वर्गसङ्घर्ष बाट वर्ग चेतना अनि त्यही चेतना हाम्रो जित
त्यही जित बाट मात्र हुनेछ सारा संसारकै समग्रको हित
संसारकै हितबाट हुनेछ संसारैको जीत

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित