मनु वि.क .
नानी तिमी सपना देख है
नानी सपना तिमीले अति सुन्दर देख है
तिमीले देखेको सपना
आमाको लागि काम लाग्ने छ
तिमीले देखेको सपना भोलि
बाबाकोलागि काम लाग्ने छ
तिमीले देखेको सपना भोलि
माटोको लागि काम लाग्नेछ
तिमीले देखेको सपना भोलि
बाटोकोलागि काम लाग्नेछ ।
तिमीले आज सपना देखे भोलि
आफ्नैलागि कामलाग्ने छ
भोलि जीवनकोलागि काम लाग्नेछ
भोलि सबै तिम्रै हो ।
भोलि देश तिम्रो जिम्मामा छ
भोलि घर तिम्रो जिम्मामा छ
भोलि समाज तिमे जिम्मामा रहने छ
त्यो भोलिको दिनलाई
तिमीले सुन्दर बनाउनु छ
भोलिलाई तिमीले उज्ज्वल पार्नु छ
त्यसैले मेरो प्यारो नानी
आज सपना देख है
आज राम्रो सपना देख है ।
राम्रो सपना देख्नेले मात्रै
राम्रो कल्पना गर्नेले मात्रै
यो संसारलाई फेर्न सक्दछन्
यो संसारमा सुवास छर्न सक्दछन्
किनकि यो संसार फेर्नुछ तिमीले
यो संसार बदल्नु छ तिमीले ।
मिति २०८०/८/१४

