भिखारी

मनबहकीलाल ••

भिखारीहरूले हामीलाई लल्कारे
यदि सरकार आफ्नो जिम्मेदारी
पूरा गर्दैन भने हामीले उसको मुख किन हेर्ने ?
यदि उसले रोजगारी दिंदैन भने
त हामी आफैँ कि नगर्ने
केही कामधाम ?
यदि त्यो सबै कारखानाहरूलाई
पूँजीपतिहरूलाई सुम्पिरहेको छ
र, पूँजीपतिहरू हामीलाई रोजगार दिइरहेका छैनन्
त हामी स्वयं मिलेर
सुरु गरिहालौँ कुनै उद्यम
र, फेरि पनि चल्दैन काम
त काम किन नगर्ने आफ्ना आवश्यकता ?
बन्द किन नगर्ने सधैँ माथितिर हेर्ने चलन
चरम पर्यावरणवादी बनेर किन नहिंड्ने
प्रकृतिको काखमा निवास गर्न
भिखारीहरूले बेरोजगार युवाहरूसँग
भने “तिमीहरू हाम्रो नजिक आऊ
हामी तिमीहरूलाई
जनताको सेवा गर्न सिकाउने छौँ,
तलब कम दिने छौँ,
तर गुजरा भत्ताभन्दाभन्दा राम्रो हुनेछ
र, उसको भरपाइको लागि
“जनताको प्रतिनिधि” ओहदा दिन लगाउने छन्
स्थायी नोकरी नभए पनि
विना कुनै जोखिम लिएर
क्रान्तिकारी बनाउने छौँ
मजबुरी त्याग गरेको उचित मूल्य दिन लगाउने छौँ”
“रिटायर्ड, निराश, थाकेका क्रान्तिकारीहरू
आऊ, हामी तिमीहरूलाई स्वर्गको बाटो देखाउने छौँ
वामपन्थी विद्वानहरू आऊ
आऊ सब ‘अर्लट’
आऊ तमाम उत्तर माक्र्सवादीहरू,
उत्तर नारीवादीहरू आदि इत्यादि
आऊ आफ्नो ज्ञान र अनुभवले
एन.जी.ओ. दर्शनका नयाँ–नयाँ शास्त्र अरू रचौँ,
आव्हान गरे भिखारीहरूले
र, एकजुट भए दाता एजेन्सियाहरूका लागि
नयाँ रिर्पोट तयार गर्न
भिखारीहरूले भीखलाई नयाँ गरिमा दिए
भूमण्डलीकरणको यस युगमा
उसलाई अन्तर्राष्ट्रिय प्रतिष्ठा दिए,
भिखारीहरूले क्रान्ति र परिवर्तनको
नयाँ परिभाषा रचे
भिखारीहरूले भने ‘बिर्सी हाल
पैबन्द र कुर्ताको गीत
त्यो पुरानो भइसक्यो
हाम्रो मागेर ल्याउँछौँ
तिम्रो लागि पैबन्द
तिमी उसलाई सजाउ
त्यसले पूरा हुनेछ, एउटा कुर्ता’
भोकले तडपेर मर्न सक्छौँ
यदि पूरा रोटीको खोजी गर्छौं भने
हामी तिमीहरूका लागि मागेर ल्याउँने गर्नेछौँ
रोटीका स–साना टुक्रा
तिमी तिनलाई खाँदै जाउ
एकदिन तिम्रो पेटमा हुनेछ पूरा रोटी
नगर कुरा, सारा कारखाना
कोयाला र खनिज
र, मुलुकको हुकुमतमाथि कब्जाको
यस्तो कोसिस असफल भइसक्यो
हामी सोधिरहेका छौँ,
व्यग्र भएर
आखिर कहिलेसम्म चल्छ यसरी
उनीहरू हामीलाई तलबार उठाएर रोक्छन्
हामी एउटा निवेदन लेखिरहेका छौँ
फेरि उनीहरू एउटा रिर्पोट लेख्छन्,
फेरि चिन्तन गर्छन्,
फेरि भ्रमण गर्न कुनै अन्य दिशातर्फ
हिंडी हाल्छन्,
हामीले थाहा पायौँ
भिखारी होइनन् उनीहरू,
अपहरणकर्ता हुन्
परिवर्तनको विचारका, सपना र आशाका
आत्माको उस्माका विरुद्ध सतत सक्रिय
शीतका लहर हुन यी भिखारी
(एन.जी.ओ एक खतरनाक साम्राज्यवादी कुचक्रबाट)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित