कथा : पुसको रात

प्रेम चन्द

हल्कुले स्वास्नीको नजिक आएर भन्यो ‘सहा आएको छ जुन रूपैया राखेका छौँ, त्यो देऊ उसलाई दिन्छु, कसरी त घाटी छुटोस ।’

मुन्नी कुच्चोले फोहर बढारिरहेकी थिइन । पछाडि फर्केर भनिन ‘तीन रूपैयाँ मात्र त छ, यही दिने हो भने त कम्मल कहाँबाट आउँछ ? माघ पुसको रात खेतमा कसरी काट्ने ? उसलाई भनिदेउ अहिले होइन फसलमा रूपैयाँ दिउँला ।’

हल्कु एक क्षणका लागि अनिश्चित दशामा उभिइरह्यो । पुस टाउकोमा आइरहेको थियो । कम्मलको बिना खेतमा राती उ कुनै पनि अवस्थामा सुत्न सक्दैनथ्यो । सहा मान्ने छैन, घुर्की दिनेछ, गाली गर्नेछ । तर, झन्झट मोल लिए जाडो तर्नेछ, तर झन्झट त मेरो टाउकोबाट हट्ने छ । यही सोच्दै उ आफ्ना भरिएका डिल लगेर (जुन उसको नामलाई झुठो सावित गर्दथ्यो) स्वास्नीको नजिक आयो, खुशामद गर्दै भन्यो, देउ न, झन्झट त हट्छ । कम्मलको लागि कुनै अर्को उपाय सोचौँला ।”

मुन्नी उसको नजदिकबाट हट्दै, उसका आँखामा हेर्दै बोली, ‘गर्‍यौ अर्काे उपाय ¤ कुन दयावानले दिनेछ कम्मल ? कतिको दिन बाँकी छ, जो यसरी असुल गर्न आउँदैनन् । म भन्छु तिमी किन खेती छोड्दैनौँ । मरी मरी काम गर्‍यो उपज भएको बाँकी देउ, छोडौँ छुट्टी भयो । बाँकी दिनको लागि त हाम्रो जन्म भएको हो । पेटको लागि मजदुरी गर । यस्तो खेती बाज आओस् । म रूपियाँ दिन्न ।’ हल्कु उदास भएर बोल्यो ‘त के गाली खाउँ ?’ मुन्नी कड्केर बोली ‘गाली किन देला, के उसको राज छ ?’

तर यो भनाइसँग उसका ताडेका भौ ढिला परे । हल्कुको त्यस वाक्यमा जुन कठोर सत्य थियो, मानौँ उसलाई एउटा भिषण जन्तुको भाँती घुरेर हेरिरहेको थियो । उसले गएर आलेबाट रूपैयाँ निकाली । र, ल्याएर हल्कुको हातमा राखिदिइन । फेरी बोली ‘तिमी छोडिदेउ अबदेखि खेती, मजदुरीबाट सुखले एउटा रोटी खान त मिल्ला । कसैको धौस त नरहला । राम्रो खेती छ ¤ मजदुरी गरेर ल्याउ, त्यसलाई त्यसमै झोकी देउ, त्यसमाथि पनि धौँस ।’

हल्कुले रूपैयाँ लियो यसरी बाहिर गयो कि आफ्नो मुुटु निकालेर दिन गइरहेको छ । उसले मजदुरीबाट एक एक पैसा काटी–काटी तीन रूपैयाँ कम्मलको लागि जम्मा गरेको थियो । त्यो पनि जादैछ । एक एक पाइला सँगै उसको निधार आफ्नो दीनताको भारले दबिदै गइहेको थियो ।

पुसको अँध्यारो रात । आकाशमा तारा चम्किरहेको थाह हुन्थ्यो । हल्कु आफ्नो खेतको किनारामा ऊखुको पातले बनेको छातामुनी बासको खटेलोमा आफ्नो पुरानो गाडीको च्यादर ओढेर कापिरहेको थियो । खाटको मुनी उसको सङ्गी कुकुर जबरा पेटमा मुख हालेर जाडोले कु–कु गरिरहेको थियो । दुवै मध्ये एकलाई पनि निंद आउँदैथ्यो । हल्कुले घुँडा मुनी गर्दन पुगाएर भन्यो । ‘किन जबरा, जाडो लागिरहेको छ ? भनेको त थिएँ, घरमा परालमा सुत, तँ यहाँ किन आइस् ? अब खाउ चिसो, म के गरुँ । जान्थ्यौ, म यहाँ हलुवा पुरी खान आइरहेको छु, दौडी–दौडी अगाडि अगाडि आइस् । अब रोउ नानीको नाममा ।’

जबराले सुत्दै पुच्छर हल्लायो । र, आफ्नो कु–कुलाई दीर्घ बनायो । एकपटक जम्हाई लिएर चुप लाग्यो । उसको बुद्धिले शायद थाह पायो, स्वामीलाई मेरो कु–कुले निद्रा लागिरहेको छैन ।

हल्कुले हात निकालेर जबराको चिसो पिठ्यूँ मुसार्दै भन्यो ‘भोलिदेखि नआउनु, नत्र भने मर्ने छौँ । यो राँड पुसवा कहाँबाट वरफ लिएर आउँदैछ । उठ, फेरि एक चिलम भर कसरी त रात काटियोस्् । आठ चिलम पिइसके । यो खेतीको मजा हो । र, एक एक भगवान यस्ता पनि छन्, जससँग जाडो जाओस् त, गर्मीबाट डराएर भाग्छन् । मोटामोटा गद्दा, लिहाफ कम्मल । भाग्यको कुरा हो । मजदुरी हामी गरौँ, मजा अर्काले लुटोस ।’

हल्कु उठ्यो र खाल्डोबाट थोरै आगो निकालेर चिलम भर्‍यो । जबरा पनि खडा भयो ।

 हल्कुले चिलम खाँदै भन्दै भन्यो ‘पिउछस चिलम, जाडो त के जाओस्, अलि मन त बहलिन्छ । जबराले उसको मुखतर्फ मायाले भरिएकाले आँखामा हेर्‍यो । आज अरू जाडो खाउ । भोलिदेखि यही पराल ओछ्याई दिन्छु । त्यसमा पसेर बस्नु, फेरि जाडो हुने छैन ।’ जबराले आफ्नो पंजा उसको घुंडामाथि राख्यो । त्यसको मुखको सामुन्ने आफ्नो मुख लाग्यो । हल्कुलाई उसको सास गरम भएको अनुभूति भयो ।

 चिलम पिएर हल्कु फेरि पल्टियो । उसले चाहे जे होस् अब त सुतिहाल्नेछ भन्ने निश्चय गर्‍यो । तर एक क्षणमा उसको मुटुमा कम्पन हुन शुरु गर्‍यो । कहिले उ यता फर्कन्थ्यो, कहिले उता । जाडोले कुनै पिचासको जस्तै उसलाई दबाएको थियो ।

जब कुनै तरिका बाँकी रहने, उसले जबरालाई बिस्तारै उठायो । र, त्यसको टाउको थपथपाएर उसलाई आफ्नो कोखमा सुतायो । कुकुर शरीरबाट अर्कौ किसिमको दुर्गन्ध आइरहेको थियो तर उसलाई आफ्नो काखमा च्यापेर यस्तो सुखको अनुभव गरिरहेकोे थियो, मानौँ, महिनौँदेखि उससँग भेटेको छैन । जबरा शायद सम्झिरहेको थियो । स्वर्ग यही हो । र हल्कुको पवित्र आत्मामा त त्यो कुकुरप्रति घृणाको कुनै गन्धसम्म आउँदैनथ्यो । आफ्नो कुनै अभिन्न मित्र तथा भाइलाई पनि यति तत्परताले उसले कहिले अङ्गालो मारेन ।

आफ्नो कुनै दीनताबाट आहत थिएन, जसले आज उसलाई यस दशामा पुगायो । होइन, यस अनौठो मित्रताले जस्तो कि उसका आत्माको सम्पूर्ण हारहरू खोली दिएका थिए । उसको एउटा एउटा अणु प्रकाशबाट चम्किरहेका थिए । सहसा जबरा ले कुनै जनावरको आहट सुन्यो । यस विशेष आत्मीयताले उसमा एक नयाँस्फूर्ति पैदा गर्‍यो । जसले हावाका झोकाहरूलाई तुच्छ सम्झन्थ्यो । ऊ झपटेर उठ्यो, छाताबाट बाहिर आएर भुक्न थाल्यो । हल्कुले उससँग कैयौँपटक चुमचुम गरेर बोल्यो, तर ऊ उसको सामु आएन । खेतमा चारैतिर दौडी–दौडी भुक्न थाल्यो । एक क्ष्ँणका लागि आइ हाले पनि, तुरुन्त दगुर्‍यो । कर्तव्य उसको हृदयमा अरमानको जस्तो उछल्थ्यो ।

एक घण्टा थप बित्यो । रातले शीतको हावासँग धधकन शुरु गर्‍यो । हल्कु उठेर बस्यो, दुवै घुंडाहरू छातीमा टाँसेर टाउकोलाई त्यसमा छिपायो । फेरि पनि चिसो कम भएन । यस्तो अनुभूति हुन्थ्यो । सम्पूर्ण रगत जमेको छ । धमनीहरूमा रगतको ठाउँमा हिउँ बगिरहेको छ । उसले अङ्कुर आकाशतर्फ हेर्‍यो । सप्तऋषि अझैं कति रात बाँकी थियो । अझैं आकाशमा आधा पनि चढेको थिएन । उमाथि आइसक्नेछ । त्यसपछि अँध्यारो हुनेछ । अझैं पहर भरभन्दामाथि रात छ ।

हल्कुको खेतमा आँपको बाग थियो । पतझड शुरु भइसकेको थियो । वागमा पातहरूको थुप्रो लागेको थियो । हल्कुले सोच्थ्यो, गएर पात बटुलु त्यसलाई जलाएर तापु । रातमा कसैले मलाई पात बटुलेको देखे भने कुनै भुत सम्झेलान् । कसले जान्छ, कुनै जनावर नै छिपेको छ कि, तर अब त बसी सकिन्न । उसले नजिकको अहरको खेतमा गएर कैयौँ बोट उखेलेर ल्याओ । त्यसको एउटा झाडु बनाएर सल्केको आगोको हगुल्टो लिएर बगैञ्चा तिर गयो । जबराले उसलाई आउँदै देख्दा नजिक आएर पुच्छर हल्लाउन थाल्यो ।

हल्कुले भन्यो– ‘अब त बस्न सकिन्न जबरा । जाउ बगैचामा पातहरू बटुलेर तापौँ । फेरि आएर सुतौँला । अझै रात धेरै बाँकी छ ।’

जबराले कु–कु गरेर सहमति प्रकट गर्‍यो । अगाडि अगाडि बगैञ्चातिर गयो । बगैञ्चामा धेरै अँध्यारो छाएको थियो । र, अन्धकारमा उ निर्दय पातहरूलाई कुल्चदै हिंडिरहेको थियो । रुखहरूबाट शीतका बुँदाहरू तल टपकीरहेका थिए ।

एकाएक एक झोका हावा मेहदीको फुलको बासना लिएर आयो । हल्कुले भन्यो ‘कसरी राम्रो महक आयो जबरु तिम्रो नाकमा पनि सुगन्ध आइरहेको छ कि ?’

जबरालाई त्यही जमीनमा एउटा हड्डी परेको मिलेको थियो । उसलाई चपाउन चाल्यो । हल्कुले आगो जमिनमा राख्यो । र, पातहरू बटुल्न थाल्यो । केही समयमा पातको थुप्रो लाग्यो । हात कठ्याङग्र्रिंदै थिए । नाङ्गो खुट्टा गल्दै थिए । र, ऊ पातहरूको पहाड खडा गर्दै थियो । यो आगोमा उसले चिसोलाई जलाएर भष्म गर्नेछ ।

केही छिनपछि आगो बल्यो, उसको लाभा माथिको रुखका पातहरू छोएर भाग्न थाल्यो । त्यो स्थिर प्रकाशमा बगैञ्चाको विशाल रुख यस्तो देखिन्थ्यो मानौँ त्यो अथाह अन्धकारलाई आफ्नो टाउकोमा सम्हालिरहेको छ । अन्धकारको त्यो अनन्त सागरमा यो प्रकाश एक नौका जस्तै हलिरहेको थियो, मचली रहेको अनुभूति हुन्थ्यो ।

हल्कु आगो नजिक बसेर आगो तापिरहेको थियो । एक छिनपछि उसले बाहिरको लुगा फुकालेर नजिकै राख्यो । मानौँ चिसोलाई चुनौती दिइरहेको छ । ‘तेरो मनमा जे आउँछ, त्यही गर ।’ जाडोको असीम शक्तिमाथि विजय गर्वको हृदयमा लुकाउन सक्दैनथ्यो ।

 उसले जबरालाई भन्यो ‘किन जबरा, अब त जाडो भइरहेको छैन नि ?’

जबराले कु–कु गरेर मानौँ भन्यो ‘अब के जाडो भइरहन रहला त ? ‘पहिले यो उपाय सुझेन, नत्र यति चिसो किन खान्थ्यौँ ।’ जबराले पुच्छर हल्लायो ।

‘ठिक छ, आउ यस आगोलाई दौडेर पार गरौँ । हेरौँ, कसले पार गर्न सक्छ । यदि जल्यो भने बालक म उपचार गर्दिन ।’

जबराले त्यो अग्नि राशीलाई कायर नजरले हेर्‍यो । ‘मुन्नीलाइ भोलि नभन्नु, नत्र उसले झगडा गर्ली ।’ यो भन्दै उ यसरी कुद्यो कि आगोलाई माथिबाट पार गर्‍यो । खुट्टामा आगो लपेट लाग्यो, तर यो कुनै ठूलो कुरा थिएन । जबरा आगोको वरीपरी घुम्दै उसको सामु उभियो ।

हल्कुले भन्यो ‘होइन, यसरी होइन । माथिबाट पार गरेर आउ ।’ फेरि उसले माथिबाट आग पार गर्‍यो । आगपारी आयो ।

पातहरू जलिसकेका थिए । बगैञ्चामा फेरि अँध्यारो छायो । राखको तल केही आगो बाँकी थियो । जुन हावाको झोक्का आउँदा, अलिअलि सल्कन्थ्यो ।

हल्कुले फेरि च्यादर ओढ्यो । र, गरम राखको नजिक बसेर एउटा गीत गाउन थाल्यो । उसको शरीरमा गर्मी लाग्न शुरु भयो, तर जति जति शीत बढ्दै जान्थ्यो । उसको आलस्यलाई दबाउन शुरु गर्दथ्यो । जबरा जोडले भुकेर खेततिर भाग्यो । हल्कुलाई यस्तो थाह भयो कि जनावरको एक झुण्ड उसको खेतमा आइसक्यो । सायद निल गाईको झुण्ड थियो । उसको दौडेको आवाज सफासँग देखिन्थ्यो । फेरि यस्तो लाग्यो, ऊ खेतमा चरिरहेको छ । उनीहरूको चरेको आवाज चरचर सुनिन थाल्यो ।

उसको मनले भन्यो ‘होइन, जबरा कुनै जनावर खेतमा आउन सक्दैन । उसलाई लुछ्नेछ । मलाई भ्रम भइरहेको छ । कहाँ अब त केही सुनिंदैन । मलाई पनि कस्तो धोका भयो ।’ उसले जोडले आवाज दियो, जबरा ¤ जबरा ¤¤ जबरा ¤¤¤ भुकिरह्यो ।

उसले जोडले आवाज लगायो लिहो ¤ लिहो ¤¤ लिहो ¤¤¤ जबरा भुकिरहेको थियो । जनावर खेतमा चरिरहेका थिए । कस्तो राम्रो खेती थियो । तर यी दुष्ट जनावर त्यसको सर्वनाश गरिरहेका थिए । हल्कुको पक्का मन गरेर उठ्यो, दुई तिन पाइला अगाडि बढ्यो । तर एकाएक हावाको चिसो बिझ्ने बिच्छीको डङ्क जस्तो झोका लाग्यो । ऊ फेरि बुझिरहेको आगोको नजिक आए बस्यो । राखलाई उद्लेर आफ्नो चिसो शरीरलाई गरम गर्न थाल्यो ।

यही राखको समीपमा जमीनमा च्यादर ओडेर सुत्न थाल्यो । सबेरै जब उसको निद्रा खुल्यो, त्यतिबेला चारैतिर धुप फैलीसकेको थियो । र, मुन्नी भनिरहेकी थिई । के अझै सुतिरहने हो ? तिमी यहाँ आएर रम्यो, त्यहाँ साराखेत चौपट भइसक्यो ।

हल्कुले उठेर भन्यो ‘के तिमी खेत भएर आउँदैछौँ ।’ मुन्नीले भनिन्, हो । सारा खेतको भव्य नाश भइसक्यो । यसरी पनि कोही सुत्दछ । तिम्रो यहाँ मदैया हाल्दा पनि क भयो र ? हल्कुले नाटक गर्‍यो । म मर्दा मर्दै बाञ्चे । तलाई तेरो खेतको परेको छ । दुवै जना खेतको डाँडामा आए, हरे, सारा खेत चरिसकेको थियो , बजर कडैयाको तल सुतिरहेको थियो । मानौँ प्राण नै छैन । दुवै चरेको खेतको हेरिरहेका थिए । मुन्नीको मुहारमा निराश छाएको थियो । तर हल्कु खुशी थियो ।

मुन्नीले चिन्तित मुद्रामा भनिन् ‘अब मजदुरी गरेर गुजारा गर्नुपर्ला ।’

हल्कुले प्रसन्न हुँदै भन्यो “रातको चिसोमा यहाँ सुत्न त नपर्ला । उसको समीप आए । फेरि खेतको चरेको आहट आयो । अब उसले आफैलाई धोका दिन सकेन । उसलाई आफू ठाउँबाट हल्लिन मन पनि लागिरहेको थिएन । यस जाडो शितमा खेतमा जानु, जनावरको पछाडि भाग्नु । उ आफ्नो ठाउँबाट हल्लिएन । –अनुवाद अजित

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित