मनु वि.क. ••
एउटा गाउँमा श्यामबहादुर नेपाली बस्दथे । उनकी बुढी अली रोगी थिई । जतिबेला पनि ऐयाऐयामात्र भनिरहन्थी । छोरो छोरी भन्दा कान्छो थियो । छोरी ठुलो थिई । बाउ आमाकी एउटा छोरी, जेठी छोरी, रहरकी छोरी थिई सबै माया ममता पाएकी थिई । त्यसो त छोरामाथि पनि बाउ आमाको माया नभएको होईन । छोरामाथि पनि सबै माया पोखिएको थियो । छोरीको नाम जुनेली थियो । छोराको जुन । जुनेली र जुन अत्यन्तै राम्रा साँच्चिकै जुन जस्ता थिए । अँध्यारोमा उज्यालो ल्याउने अन्धकारका जुनजस्ता थिए । जुनेली जेठी भएपछि । घरमा छोरालाई भन्दा बढि काम गर्न पर्ने भयो । भाइलाई हेर्नु, सानामा ठूलो काम थियो । सानामा एउटा बच्चालाई हेर्नुपनि निकै ठूलो काम हो ।
सानो हुँदा जुनेलीले भाइलाई हेर्ने काम गरेर बा आमालाई सहयोग गरी । अलि ठूलो हँुदा घर हेर्ने, घरमा खाना पकाउने राख्ने गरी । आफूले पढ्ने भाइलाई पढाउने गरी । जब पढ्न भर्ना भई जुनेली पढाईमा निकै तेज भई । स्कुलमा सबै भन्दा जान्ने भएपछि जुनेलीलाई सबैले ख्याल गर्दथे । आफ्नो विद्यार्थी कतै जालाकि भन्ने चिन्ताले सबैलाई सताउँथ्यो । शिक्षक शिक्षिकाको आँखामा जुनेली थिई । उता जुन पनि निकै सिपालु हुँदै गयो । स्कुलको पढाईका अलावा अतिरिक्त क्रियाकलापमा पनि जुनेलीको अग्रस्थान हुन्थ्यो । हाजिरी जबाफ प्रतियोगितामा त झनै उनै जुनेलीका लागि आयोजना गरिएको जस्तो हुन्थ्यो । संधै उ नै प्रथम हुन्थिई । उसको मधुरो आवाजमा जब बोल्न थाल्दथिई तब सबै सुनेका सुन्यै हुन्थे । उसको तार्किक शक्ति, उसको बोली सबै बाट जोकोही प्रभावित थिए ।
उ जहिले पनि आफूभन्दा सानालाई माया गर्ने ठूलालाई आदर गर्ने गर्दथिई । उसले घरमा बा आमालाई पनि निकै सहारा दिन्थिई । सबै काम पाको तरिकाले गर्दथिर्ई भाइलाई पनि राम्रो गरी काम गर्न सिकाउँथी । उसको सानो उमेर भएपनि पढाईमा निकै तगडा थिई । उसले स्कुलको पढाई प्रथम श्रेणीमा उर्तीण गरी । उसलाई पढाउन बा आमाको कमाई थिएन । बा आमाले उसले अक्षर चिनेकाले अब नपढ्न भनेका थिए । तर जुनेलीको पढाईलाई अगाडि बढाउने तीव्र इच्छा भएकोले उसले जसरी भएपनि पढ्ने भन्ने कुरा बा आमालाई राखी । भाइ भने अहिले सम्म त्यहि स्कुलमा नै पढ्ने भन्ने थियो । उसले बा आमासङ्ग सल्लाह गरी र उच्च शिक्षाका लागि अध्ययन गर्न भनेर योजना बनाई बाबाले अर्काको घरमा काम गर्न बसेर भएपनि छोरीलाई पढाउने कुरा गरे । उनले अलिकता ऋण खोजेर ल्याए । । र छोरीका हातमा हालिदिए । छोरीले त्यो पैसा खेर जान नदिने भन्दै बाचा गरी अझै राम्रो राम्रो पढेर देशका लागि केही गर्ने मान्छे बन्ने भन्ने उसको चाहना थियो । सके अरुको लागि गर्ने मान्छे बन्ने नसके आफ्नो लागि त केही गर्ने मान्छे बन्ने भन्ने चाहना थियो । उ गाउँदेखि परको शहरको नजिक रहेको उच्च शिक्षा पढाउने क्याम्पसमा भर्ना भई । भर्नाको दिन पनि सकिन लागिसकेको थियो ।
तर उ भर्ना हुन पुगी हाली । उसलाई अरु सङ्कायमा भर्ना हुन मन नभएको होईन तर मानविकी सङ्कायमै मन बढी गयो । त्यही भर्ना भई । भर्ना भएपछि क्लास केही पछाडि शुरु हुने भन्ने क्याम्पसको जानकारी पाएसङ्गै उ फेरी घर फर्किने विचार गरी । घर फर्किनु भन्दा अगाडि केही किताब किनेर फर्किने सोचाइ बनाई । र पुस्तक पसलमा गई । पुस्तक पसलमा गएर एउटा नेपाली किताब किनी । अनि घर फर्कने गाडीको टिकट लिई । गाडी ढिलो गरी हिँड्यो । घर आएपछि जुनेलीले बा आमालाई सबै कुरा सुनाई । र दिनहरू एक एक गरी बितिरहे । जुनेलीले घरको काम सहित ल्याएको किताब पनि पढिरही । उसको किताब प्रतिको लगाव देखेर सबै जनाले भन्थे हुने विरुवाको चिल्लो पात । यो मान्छे पक्कै पनि जानेको ठूलो मान्छे बन्छे होला भनेर भन्दथे । जुनेलीले घरमा पनि कामहरू सघाउँदै गई । पढाई शुरु हुने दिनपनि आयो । उ फेरी बा आमा भाइसङ्ग बिदा भएर पढ्न जाने निधो गरी ।
उसले घरमा भएका सबै सामानहरू तयार गरी । गाडी भाडाबाहेक अरु पैसाको पनि तयारी गर्नुपर्ने हुन्थ्यो । बाले कतैबाट ऋण सापट गरेर पैसा ल्याई दिनु भयो । उ फेरी क्याम्पसमा आई अब पढ्नलाई कोठ ापनि खोज्नु पर्ने । थियो । कोठा पनि खोजी । एउटा सामान्य कोठामा बस्न थाली । त्यहाँको वातावरण नयाँ थियो । नयाँ वातावरणमा भिज्न उसलाई निकै गाह्रो भयो । एकदिन क्याम्पसमा विद्यार्थी बीचमा परिचय कार्यक्रम थियो । परिचय कार्यक्रममा उ पनि सहभागी भई । त्यहाँ केही विद्यार्थीहरू निकै फरक खालका थिए । उनीहरू परिचय गर्दापनि ढुक्क तरिकाले प्रश्तुत हुन्थे । उनीहरू हरेक विदार्थीको नाम कापीमा टिपिरहेका थिए । यत्तिकैमा जुनेलीको पनि परिचय गर्ने पालो आयो । सबैको ध्यान जुनेली माथि पर्यो । जुनेली बोल्दा सबैले उसको नाम टिपे । जो पहिले देखिनै नाम टिपिरहेका थिए । उनीहरूले पनि जुनेलीको नाम टिपे । परिचयको कार्यक्रम सकियो । सबैजना आआफ्नो घरतिर लागे ।
भोलिपल्टदेखि जुनेलीलार्ई सबैले बोलाउन थाले । अपमानपूर्वक होईन सम्मानपूर्वक बोलाउन थाले । सबैसङ्ग राम्रो हिमचिम भयो । उ सबैसङ्ग बोल्ने एक अर्कालार्ई सहयोग गर्ने गर्दथिई । यत्तिकेमा क्याम्पसमा प्रशासनले विद्यार्थी भर्ना शुल्क बढायो अब विद्यार्थीहरू त्यसको विरोधमा आन्दोलनमा उत्रिए । विरोध कार्यक्रममा सबै छात्रा छात्रको उपस्थिति रहेको थियो । त्यसमा जुनेली पनि थिई । त्यहाँ क्याम्पस प्रशासनको विरोधमा विभिन्न कार्यक्रमको घोषणा भयो । त्यसमा जुनेलीले पनि अग्र स्थानमा सहभागीता जनाई । एकदिन सभाको कार्यक्रम भयो । त्यहाँ क्याम्पस प्राङगणमा ठूलो सभाको कार्यक्रम विद्यार्थीहरूले आयोजना गरे । त्यसमा एक जना छात्र बोलिसकेपछि जुनेलीको पालो आयो । जब जुनेली बोल्न थाली उसको धारा प्रवाह भाषण सुनेर सबै विद्यार्थीले ताली नबजाई बस्न सकेनन् ।
उसले गरिब विद्यार्थीहरूको समस्या क्याम्पसले मात्रै हैन देशका शासकले पनि बुझ्न सकेनन् यो सरकारी क्याम्पस हो पैसा भएका विद्यार्थीहरू त नीजिमै गइ हाल्थे । तर सरकारी क्याम्पसले पनि गरिब विद्यार्थीमाथि ढाड सेक्ने गरी शुल्क बढाएकाले शुल्क वृद्धि फिर्ता नलिँदासम्म आन्दोलन नरोकीने बताई । यो कुरा सुनेर सबै विद्यार्थीको दिमाग खुल्यो अझै आन्दोलन गर्नुपर्ने रहेछ भन्ने पर्यो । भोलिपल्टदेखि झनै आन्दोलन सशक्त हुनेछ भनियो । विद्यार्थीको आन्दोलन बढ्दै गयो । विद्यार्थीका मागका अगाडि क्याम्पस प्रशासन झुक्न बाध्य भयो । त्यस्ता खालका आन्दोलनहरूमा जुनेली अगाडि रहेर जहिलेपनि आन्दोलनमा नेतृत्व गरी । उसको चर्चा जतासुकै पुग्यो । उसको नेतृत्वको चर्चाले घरघरका बा, आमा, दाइहरूलाई आफ्ना दिदी बहिनी आमाहरूलाई जुनेली जस्तै बन्न भन्थे । जुनेली क्याम्पसको पढाईमा पनि कम थिईन पढाईमा पनि जुनेली जस्तै बन्न खोज्ने धेरै जना थिए । जुनेलीलाई सङ्घर्ष एक्लै गर्न नसकिने रहेछ भन्ने कुराको बोध भित्र भित्रै भएको थियो उसले अब क्याम्पसमा साथीहरू सङ्ग बसेर छलफल चलाई ।
छलफल पछि एउटा दह्रो खालको सङ्गठन बनाउने निधो भयो । यो मौखिक रुपमा होईन लिखित रुपमा भएको थियो विद्यार्थीहरूको छलफलले विद्यार्थी सङ्गठन बनायो । यो सङ्गठनले गरिब विद्यार्थीहरूको पक्षमा आवाज उठाउने विद्यार्थीका तमाम समस्याहरूलार्ई समाधानको लागि ध्यान दिने कुरा भयो । त्यतिमात्र हैन देशमा देशमा विद्यमान असमानताको विरोधमा पनि बोल्ने देशमा घटेका तमाम विकृति विसङ्गतिको विरोधमा पनि आवाज उठाउने कुरा भयो । आन्दोलनको लागि घोषणा पत्र नै तयार भयो । क्याम्पसमा भएको त्यो घोषणा देश भरिको विद्यार्थीहरूमा फैलियो । यसले देशभरि नै विदार्थीको आन्दोलनको सम्भावना बढ्यो । यसमा जुनेलीलाई निकै खुशी लाग्यो । उ पढाई लेखाई र आन्दोलन सङ्घर्षका कार्यक्रममा भाग लिनुपर्ने कारण घरमा पनि कहिलेकाहीँ मात्रै जाने गर्दथी । उसको बा आमा उसलाई देखेर निकै खुशी हुन्थे । र मनमनमै भन्थे हाम्री छोरी देशमा राम्रो काम गर्ने असल व्यक्ति बनोस् । दुई वर्ष पछि जुनेलीले भाइलाई पनि त्यहि आफूपढ्ने क्याम्पसमा नै भर्ना गरिदिई । बा आमाले आफ्नो छोराको बारेमा चिन्ता लिनु परेन । जुनेली थिई । दिदी भाइले एउटै क्याम्पसमा राम्रोसँग पढेकामा बा आमा निकै खुशी भएका थिए ।

