जे.सि. सिंजाली सूर्य थापा ••
न्याय रे ! कस्तो न्याय हो ?
ज्यानै मार्ने सरकार छ यहाँ
नदिन्छ गाँस नदिन्छ बास
भोक मार्ने रोजगारी खोज्दा
बन्दुकको आहारा
गोलीको निसाना बनाइ
देशका दुई सपुतलाई रक्तामै पारी
आखिर ढाली छाड्यो नालायक सरकारले ।
आन्दोलन होस् या युद्ध
पटकपटक मरेका छन् यहाँ
दुखी गरिखाने गरिबका छोरा ।
अब यहाँ सल्लाह गरेर
वास्तविकतालाई बुझेर
युवा उठ्नु पर्ने बेला आयो ।
उठ युवा जाग युवा
हुन्न चुपचाप बसेर ।
अब फर्क युवा
दमनको सिमाना धेरै माथि चुलियो ।
हामी युवा जहाँ छौँ, जागौं
हामी नब्युझे
झनै हेपिने छौँ
यहाँ मारिने छौँ ।
पटकपटक आमाको कोख
रित्तिनु बाहेक अरु केही हुने छैन
जनताका शत्रूहरू शिर उठाई रहनेछन्
जहाँ भए पनि युवा जुट्ने दिन आएको छ
कोख रित्तिएका आमा हरुको अपिल छ
फर्क युवा फर्क
रगतको बदला रगतले मेटाउनु छ यहाँ ।

