–करन दयाल
एकता समाजको विशेसाङ्ग अंक आइसक्यो
एकता सन्देश भारतमा एकतामय भइसक्यो
एकता समाजको सन्देश भारतव्यापी भयो
आठौं अखिल भारत सम्मेलन राम्रै भको थियो ।
१९७९ देखि निरन्तर रूपम अगाडि बढि रह्यो
नेपाली मजदुरको हकमा निडर भएर डटिरह्यो
मजदुरका समस्या समाधान गर्न सधैं बोलिरह्यो
कुरीति कु संस्कारको विरूद्धमा स्पस्ट पार्दै गयो ।
तल देखि माथि सम्म कार्यकर्ता फिल्टर हुँदै थिए
अखिल भारतले नेपालीहरूको मर्म पस्केका थिए
भारतमा नेपाली मजदुरको सुरक्षाको ग्यारेन्टी गरे
नेपाली माथि हुने अन्यायका विरूद्वमा थुप्रै ¥याली भए ।
गुण्डाहरू देखि लिएर प्रशासनको सामना गरेको हो
स्थापनादेखि आजम्म कठिन अवस्था पार गरेको हो
कहिल्यै नझुक्ने शिर उभेको यो समाजको बानी हो
छिचोलिएर पिल्सिएर बनेको एकता समाज हो ।
त्यसैले एकता समाज बलियो संधै भएको छ
देशको निमित्त एकता समाज आन्दोलित भएको छ
एकता समाज मजदुर आन्दोलनको मसिया भएको छ
देशका वामपंथी नेता एकता समाजले तयार गरेकोछ ।
मजदुरको लागि एकता समाजको आवाज बुलन्द छ
भारतभरि एकता समाजको सन्देश गुन्जिरहेको छ
नेपालीहरूको एकता समाजमा हातेमालो भको छ
भारतमा एकता समाजको गति सागर जस्तैविशाल छ ।
जनताका समस्यामा खटिने एकता समाज हो
मजदुर एकता बलियो पार्ने एकता समाज हो
गरिखाने जनताको लागि बोल्ने एकता समाज हो
मजदुरका समस्यामा सधैं साथ दिने संगठन हो ।
एकता समाजलाई आपत विपत आउदै रहेका थिए
एकता समाजले सम्झौता होइन संघर्ष गरेका थिए
मजदुरहरूलाई न्याय दिलाउनु डटेर सामना गरिरहे
मजदुर एकता झन बलियो भो विरोधी आफै सेलाए ।
एकता समाजमा फुटको यात्राले हानी भएकै थियो
८५ मा कलकत्ते पक्ष भएर एक टुक्रा फाटेको थियो
एकता समाज सखाप पार्न पौंठाजोरी गरेकै थियो
एकता समाजलाई भाड्नेहरू आफै सखाप भए ।
विचारबाट प्रभावित भएर समाज परिवर्तन पनि गरे
समाजिक चेतना भइसके पछि अर्कै पक्षमा जाने गरे
कैयौ नेताहरू धन सम्पत्ति कमाउन नीति परिवर्तन गरे
ठुलाठुला पैसावाला पार्टीहरूमा हाम फाल्ने काम गरे ।
एकता समाजबाट मिलेको चेतनाले देश चलाउने भए
जब क्षमतावान भएपछि एकता समाजलाई वैरी बनाए
एकता समाजको विरुद्धमा बोल्न निकै माहिर भए
चेतनशील पाठशालाको यसकिसमबाट विरोध गर्ने भए ।
उनी जनताका नेता होइन उनी लालची भ्रमजाली हुन
जनतालाई भ्रम छरेर भोटबैंकको सौदागर्ने ब्यापारि हुन
जनताको भोट पाउनाको लागि मात्र आपस देखिने हुन
जनताको रगतपसिनाको खेलवाड गर्ने रक्तपिपाशु हुन ।
एकता समाजलाई मागिखाने भाडो बनाइरहेका छन
एकता समाजको नामबाट कार्यकर्तामा प्रख्यात छन।
नाम मात्रै सर्वहारा समाजको गर्ने व्यवहार अर्कै गर्छन
यस्ता कु चेस्टाका भ्रम छरेर ठुलै झुण्ड बनाउने गर्छन ।
एकता समाजको अविरल यात्रा संघर्षमय रहेको छ
सम्झौता होइन संघर्षरत भएर स्पष्ट पारिरहेको छ
कठिन परिस्थितिलाई प्रगाढ बनाएर लगिरहेको छ
हरपल कठिन परिस्थितिसंग जुधिरहेको छ ।
नेपालीहरूको मनमटुमा एकता समाज बसेको छ
मर्दापर्दाका समस्या हल एकता समाजले गरेको छ
समस्यामा सात सहयोग एकता समाजले गरेको छ
आपद विपद जहिलेपनि एकता समाज देखिएको छ ।

