कस्तो राष्ट्रवाद हो ?

–केशव गाहा “पाल्पाली”

दलाल पुँजीपतिको वर्गको छायाँमा

शीतलताको आभास खोज्ने

स्वार्थको गठबन्धन गरेर

राष्ट्रघातीलाई देशको शासक बनाउने

कस्तो राष्ट्रवाद हो?

संघियताको बिरोध गर्ने

संघ र प्रदेशमा सत्ताको रसपान गर्ने

कस्तो राष्ट्रवाद हो?

राता किताबका ठेली बोकेर

सर्वहारा वर्गको उत्थान खोज्दै

समाजवादको निर्माण भन्ने

तर

संसदीय दलदलमा भासिँदै जाने

पूँजीवादलाई सघाउँदै हिँड्ने

कस्तो राष्ट्रवाद हो?

एम सीसी पास गर्दा

बिदेशीलाई नागरिकता बेच्दा

साथ छोड्नै नसक्ने

उ बिरुध्द संघर्ष गर्नै नसक्ने

साम्राज्यवादी दलालहरुलाई

दलाल भन्नै नसक्ने

कस्तो क्रान्तिकारीता हो

कस्तो राष्ट्रवाद हो?

देश सिक्किमिकरण भैरहँदा

नेपाल आमाको छातीमा

साम्राज्यवादी सेनाले बुट बजार्दा

मन नदुखाउने

त्यो शरीरको रगत नउम्लने

कस्तो राष्ट्रवाद हो?

सरकारका सहयात्रीहरुले

भ्रष्टाचार गरे पनी

बलात्कार गरे पनी

हत्या हिंसा गरे पनी

देशै बेचे पनी

गठबन्धन जिन्दावाद भन्न नछोड्ने

कस्तो राष्ट्रवाद हो?

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित