चेन्नै । अखिल भारत नेपाली एकता समाज चेन्नईको संयुक्त तत्वावधानमा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। चेन्नई पश्चिम नगर महिला ईन्चार्ज देवी रिजालको संचालन, उत्तर नगर सदस्य गिता शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो।
अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाइ शब्दबाट सीता घिमीरेले स्वागत गरेकी थिईन् भने कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष देव बहादुर लामिछाने, महासचिव महेन्द्र बस्याल, केन्द्रीय सदस्य दुर्गा सुवेदी, हेमराज रिजाल, उमानन्द आचार्य, रन बहादुर थापा, तिकलराम गोराथोकी, दिनेश थापा, राजु अधिकारी, क्षेत्रीय सदस्य उमानाथ ढकाल, राम कुमार क्षेत्री, सुनिता बस्याल, कुमारी रायमाझी, सिता थापा, भगवती ढकाल, रमा न्यौपाने, जमुना तिमील्सेना, माया थापा, मैना अधिकारी, निर्मला नेपाली, उजेली शर्मा, हेमनाथ शर्मा, जे। प्रेम थापा, दिल कुमार नेपाली, बुद्धी रेग्मी मोहदत्त शर्मा, रहेका थिए ।
शुभकामना पछि प्रशिक्षण कार्यक्रम आरंभ भएको थियो । ८ मार्चको महत्व बारे – दुर्गा सुवेदी, नेपालको बर्तमान राजनैतिक परिवेश र महिलाहरूको अवस्था बारे – देव बहादुर लामीछाने, दर्शन बारे –महेन्द्र बस्याल, अखिल भारत नेपाली एकता समाजबारे – तिलकराम गोराथोकी र एकता समाजको विधानबारे – हेमराज रिजालजीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा पुरूष साथीहरुबाट महिला साथीहरूलाइ भोजनको व्यवस्था पनि गरिएको थियो। कार्यक्रममा महिला साथीहरूको उपस्थिति उत्साजनक रहेको थियो।– महेन्द्र वश्याल

