हिसारमा ११४औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

हिसार । अखिल भारत नेपाली एकता समाज हिसार महिला विभागको तत्वाधानमा ११४औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस दिनांक ८ मार्च २०२४ का दिन रचनात्मक कार्यक्रम सहित हिसारमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष सरिता ज्ञवालीले गर्नु भएको थियो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट जानकी रावतले स्वागत गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्माले महिला दिवसको औचित्य बारे प्रकाश पार्नु भएको थियो। कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा केन्द्रीय समितिका सदस्य श्याम बहादुर बि क, केन्द्रीय सदस्य तथा नगर अध्यक्ष जुक्त बहादुर कुँवर, केन्द्रीय सदस्य तथा नगर सदस्य रूद्र बहादुर थापा र विद्यार्थी केन्द्रीय सदस्य भरत धमाल रहेका थिए। कार्यक्रमको दौरान घैटो फोड़ र कुर्ची दौड खेलको पनि आयोजना गरिएको थियो। घैटोफेडमा तुलसी सुनार प्रथम भएकी थिईन । कुर्सी दौडमा यामकला सुनार प्रथम भएकी थिईन । पुरस्कार विजेता लाइ प्रमुख अतिथिले पुरस्कार वितरण गर्नु भएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित