नचलाउ भ्रमको खेती

– मानबहादुर भण्डारी ‘रक्तिम झिल्को’

तिमीले र मैले खाने पानीको एउटै मुल थियो
गलामा सजिएको मालामा एउटै रातो फुल थियो
एकापसमा पिरती हुँदा सम्म मिल्थे हाम्रा भावना
अचानक चाकडी माया बन्यो खबरदारी भुल थियो।

तिम्रो हेर्ने नजरमा खोट भए पछि के लाग्छ
सम्बन्धनै बिगार्ने अठोट भए पछि के लाग्छ
जति सक्छौ बढाउ दुरी कदापि म फकाउँदिन
तिम्रो घृणाको पहाड विस्फोट भए पछि के लाग्छ

तिम्रो बैशाखीमा कहिल्यै म चलेको छैन
तिम्रो षडयन्त्रको सामुन्ने म गलेको छैन
जति सक्छौ खेल तिमी मपाईत्वको खेल
हेर तिम्रो आरिशले कदापि म जलेको छैन

जुन दिन हुनेछौ तिमी आफै नाङ्गो
समयले बनाउनेछ तिमीलाई उदाङ्गो
भो पर्दैन खेल्न यी नौटंकी नाटकहरु
सोझा छ्न अरु तर तिमी नै छौ बाङ्गो

न आउनु म संग लिएर छलकपट
सम्झाए मैले तिमीलाई कैयौंपटक
नचलाउ भ्रमको खेती वाहियात अब
किनारा लगाइ समयले हान्ने छ झापड

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित