सामाजिक यथार्थवादी साहित्यबारे

–क्रिस्टोफ गार्टनर
प्रिय कमरेड ,
२३ औं शहिद स्मृति दिवशको उपलक्ष्यमा आजको विश्व परिस्थितिमा सामाजिक यथार्थवादी साहित्यको महत्व बारेमा प्रस्तुति राख्ने अवसर प्रदान गरेकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु । मलाई जर्मनीको कम्युनिष्ट पार्टी एम. एल. पी . डी .ले वीली डिकट संग्रालयको प्रमुखको तर्फबाट साहित्य सम्बन्धी प्रश्तुती दिन जानकारी गराएको थियो । हरेक समाजमा एकीकृत विचारधारा र साँस्कृतिक एकरुपताको आवश्यकता रहेको हुन्छ । माओत्सेतुङको भनाई अनुसार साहित्य आधार र उपरीसंरचनाको बीचमा अन्तरसम्बन्धित हुन्छ । निश्चित समाजको निश्चित राजनैतिक तथा आर्थिक प्रतिविम्ब नै संस्कृति हो । संस्कृति र विचारधाराको प्रतिविम्व राजनीति र अर्थशास्त्रमा देखिन्छ । संस्कृति र विचारधाराले राजनीति र अर्थशास्त्रलाई व्यापक प्रभाव पारेको हुन्छ । हामी वर्गीय समाजमा रहेको वर्गीय साहित्य र संस्कृतिसम्बन्धी माओत्सेतुङको भनाईसंग परिचित छौं । आज संसारमा सबै संस्कृति, साहित्य र कला निश्चित वर्गको स्वार्थ केन्द्रित रहेको र सोही राजनीतिलाई मलजल गर्ने खालको रहेको छ । संसारमा वास्तवमा कला कलाको लागि भन्ने हुँदैन । कला वर्गीय पक्षधर हुन्छ । सर्वहारा वर्गीय साहित्य र कला सर्वहारा क्रान्तिकारीहरुको पक्षमा रहेको हुन्छ । लेनिनको भनाईमा साहित्य र कला समग्र क्रान्तिकारी यन्त्रको (मेशिन)को दाँती पेच र किल्लाहरु हुन् । विश्वमा साम्राज्यवादी तेस्रो विश्व युद्धको खतरा बढ्दो छ । यस्तो अवस्थामा विश्वस्तरमा वातावरणीय संकट शुरु हुँदैछ । विश्व फाँसीवादीकरण हुँदैछ । वुर्जुवा विचारधारा र संस्कृतिले विद्यमा शासन प्रणालीलाई गहिरो संकटमा पारेको छ । वुर्जवा विचारधारा र वस्तुगत परिस्थितिबीचको अन्तरविरोधले आत्मगत परिस्थितिलाई गहिरो संकट उत्पन्न गरेको छ ।
समाजको प्रणालीगत कार्यलाई र समाजलाई अगाडि बढाउन वर्तमान वुर्जुवाहरुको साहित्य, आम संस्कृति, रेडियो टेलिभिजन, तथा कथित स्वतन्त्र सामाजिक संजालहरुको महत्वपूर्ण भूमिका रहेपनि कम्युनिष्ट विचार विरोधी र निम्नपूँजीवादी चिन्तन प्रणाली फैलाउनु यिनीहरुको मुख्य काम हो । संचारको अत्यधिक बिक्री हुने पत्रिका अथवा वुर्जवाहरुको एकाधिकार प्राप्त प्रकाशन गृृहहरु जस्तै जर्मनीमा रहेको विश्वको सबभन्दा ठूलो प्रकाशक बर्टेल्समन जस्ता प्रकाशन गृहहरु र एकाधिकार प्राप्त पुस्तक भण्डारहरुले ठूला पैमानाका वुुर्जवा साहित्यको प्रचार गरी आम सर्वसाधारणलाई निम्नपूँजीवादी र कम्युनिष्ट विरोधी बन्न मद्दत गरिरहेका छन् । अर्कातिर क्रान्तिकारी र वैज्ञानिक समाजवादी साहित्यलाई दमन गरिएको छ वा प्रतिबन्ध गरिएको छ । जस्तै एम. एल. पी. डी ले प्रकाशन गरेको पहिलो पुस्तक (द ग्लोबल इनभाइरोनमेन्टल क्याटास्ट्रोफी ह्याज विगन) अर्थात विश्वव्यापीरुपमा वातावरणीय दूर्घटना शूरु हुँदैछ भन्ने किताबलाई प्रतिबन्ध लगाईएको छ । जर्मनीको कम्युनिष्ट पार्टी जर्मन डेमोक्रेटिक रिपब्लिक पार्टीको सन् १९८९÷१९९०मा विघटनपछि पश्चिम जर्मन साम्राज्यवादले पनि दशौं हजार पुस्तक, माक्र्सवादी लेनिनवादी साहित्यको विनाश गर्न पुगे । जर्मन डेमोक्रेटिक रिपब्लिकका केही र एम .एल. पी. डी. का केही प्रगतिशील मान्छेहरुले प्रगतीशील साहित्यका हज्जारौं किताबलाई विनास हुनबाट बचाउन सफल भएका थिए ।
सर्वहारा वर्गीय साहित्य र संस्कृतिलाई प्रगतीशील तरिकाले विस्तार गर्नु पर्दछ । वुर्जुवा, र निम्न वुर्जुवा संस्कृति र विचारले सर्वहारा साहित्यलाई अवरोध गरिरहेको छ । जसरी माक्र्स ऐङ्गेल्स र अरु शास्त्रीय माक्र्सवादीहरुले सिकाएर अभ्यास गरे जस्तै वर्गीय साहित्यलाई हुर्काउनु परेको छ । सर्वहारा वर्गीय साहित्य संस्कृतिलाई जोगाउनु ,हुर्काउनु र फैलाउनु परेको छ ।
जर्मनीमा सामाजिक यथार्थवादी साहित्यको एउटा समृद्ध परम्परा छ । यो परम्परा क्रान्तिकारी सिद्धान्तको विकास र अभ्यासको प्रतिक्रियाको सन्दर्भमा जन्मिएको र विकास भएको हो ।
यसरी १९औं शताब्दीको मध्यतिर शामन्तवाद विरोधी वुर्जवा प्रजातान्त्रिक क्रान्तिको जगमा टेकेर १८४८ मा माक्र्स, ऐङगेल्सले वैज्ञानिक समाजवादको आधार तयार पारे र समाजवादी साहित्यको विकास भयो । लुडविक बोर्ने,जर्ज बुच्नर, हेनरिक हेईने जर्ज वीर्थलाई जर्मनीको सर्वहारा वर्गको महत्वपूर्ण कवि भनेर फ्रेडरिक ऐङगेल्सले वर्णन गरेका छन् । रुसको १९१७को अक्टोबर क्रान्तिपछि र जर्मनीको १९१८को नोभेम्बर क्रान्तिपछि जर्मनीको कम्युनिष्ट पार्टी विश्वको दोस्रो सबभन्दा बलियो पार्टी रहेको थियो । यो समयमा ठूला ठूला क्रान्तिकारी लेखकहरुको जन्म हुन पुग्यो । जसमा इरिक वीनेर्ट , बेरटोल्ट ब्रेख्त ,फ्रेडरिक उल्फ थुप्रै अरुपनि प्रगतिशील साहित्यकारको जन्म हुन पुग्यो । हिटलरको फाँसीवाद विरोधी अधिनायकवादको विरोधमा अरु पनि विशिष्ट खालका क्रान्तिकारी लेखकहरुको जन्म हुन पुग्यो जस्तै वीली ब्रेटेल,एन्ना सेगर आदि ।
हिटलरको फासिवाद विरुद्ध लालसेनाको जीत भएपछि जर्मन डेमोक्रेटिक रिपब्लिकन पार्टीको जर्मनीमा सन् १९४९ स्थापना भयो । यसले अस्थायी रुपमा सामाजिक यथार्थवादी साहित्यलाई अगाडि बढायो । त्यतिबेला लेखकहरुलाई सहयोग ,संरक्षण र उनीहरुको रचनालाई राज्यबाट प्रकाशित र प्रचार प्रसार गर्ने गरिएको थियो । तिनीहरुलाई राम्रोसंग सिर्जनात्मक कला र कामदारको बारेमा लेख्न प्रोत्साहन गरिएको थियो । लेखकहरुलाई कामदारहरुको बीचमा उद्योग कलकारखानामा काम गर्न र कामदारहरुसंग जोडिन , साहित्य सिर्जना गर्न र साहित्य लेख्न र कामदार बन्न प्रोत्साहन गरिएको थियो ।
लेखकहरु जस्तै ओटो गोट्से इडवार्ड क्लायडियस, इरविन स्ट्रीट म्याटर ब्रिगेटी रेईमान इरेक नेउत्से र अरुपनि लेखकहरुले सामाजिक यथार्थवादी साहित्यको विकासमा योेगदान पु¥याएका थिए । उनीहरुले लेखनमा समाजवाद स्थापनाको समस्या र नोकरशाहीतन्त्रको समस्याको बारेमा लेखहरु लेखेका थिए । जबदेखि तिनीहरुले लेखनमा निम्नपूँजीवादी चिन्तन पद्दति र समाजवादी स्थापना विरुद्धमा नोकरशाहीतन्त्रको दबावको समस्याको बारेमा सोच्न सकेनन् यसले उनीहरुलाई निराशामा पु¥यायो र उनीहरु राजीनामा दिने तह सम्म पुगे । उनीहरु सुधारवादी बाटो अवलम्बन गर्न पुगे । जस्तै क्रिसिटया उल्फ ,स्टेफन हेइम, हर्मन कान्ट ओट्टो गोट्से जस्ता लेखकहरु प्रतिक्रियावादी क्याम्पमा पुगेका छन् । जब पुरातनवादी साहित्यलाई आलोचना गरिँदैन तब समाजवादी साहित्यको पतन हुने नै भयो । यसले सबै निम्नपूँजीवादी चिन्तन विरुद्धको संघर्षलाई हटाईदिएको छ । समाजवादी साहित्यको प्रतिष्ठालाई ध्वस्त पारिदिएको छ । जस्तै उदाहरणकोलागि जोहन्स आर बेचरको पछल्ला कविताहरुलाई लिन सकिन्छ ।
पहिलाको समाजवादी पार्टीहरुको पतन जर्मन डेमोक्रेटिक पार्टीमा पूँजीवादको विकास भएसंगै जर्मनीमा समाजवादी साहित्य अस्थायी प्रकारले घट्यो । सन् १९६०को माक्र्सवादी लेनिनवादी आन्दोलनसंगै क्रान्तिकारी संस्कार र साहित्य विस्तारै विकास हुन थाल्यो ।
सिद्धान्त र व्यवहारमा कमरेड वीली डिकट एक जना रिभुलुशनरी वेज सिरिजको सम्पादकीय कार्यालयको प्रमुख रहेका थिए भने एम.एल पीडि .को सह संस्थापक रहेका थिए जो नयाँ प्रकारको माक्र्सवादी लेनिनवादी साहित्यिक आन्दोलन र प्रचारका अगुवा रहेका थिए । उनको दुईओटा आत्मकथाहरु द्याटस् हाउ इट वज , र ह्वाट ह्यापन्ड अफ्टरवार्ड ?,उनको फाँसीवाद विरोधी विश्लेषणहरु प्रोलेटेरियन रेसिस्टेन्स टु फासिइजम एण्ड वार, र उनकी श्रीमती लुजीको उपन्यास द हरबाक्र्स पुस्तकहरु नयाँ प्रकारको माक्र्सवादी लेनिनवादी साहित्यको उच्च नमुना हो ।
साहित्यहरु निम्न विशेषता सहितका हुनु आवश्यक रहेको छ ।
भौतिकरुपले समयको वास्तविक वर्ग संघर्षमा आधारित हुनुपर्दछ कुनै पनि आदर्शवादी,झूठो र बङग्याईएको हुनुहुँदैन ।
विश्लेषण र संस्लेषणहरु संधै दृढ रुपले माक्र्सवाद र लेनिनवादमा आधारित जीवन्त र कुनै जडताबिनाको समय सान्दर्भिक हुनु पर्दछ ।
.स्पष्टरुपमा सर्वहारा वर्गीय पक्षधरतामा लेखिनु पर्दछ । कुनैपनि सेतो र कालोको पक्ष लिएर लेखिनु हुँदैन ।
.सबै प्रकारको वुर्जुवा राजनीति र विचारधाराको विरुद्ध आक्रामक हुनु पर्दछ ।
.कालो गोरोको पक्ष नलिईकन संघर्षको चिन्तन पद्दति छुट्याउन सक्नु पर्दछ ।
.कम्युनिष्टहरुको काम भनेको आलोचनाको चेत भएको हुनका साथै आत्म आलोचनालाई पनि आत्मसाथ गर्ने हुनु हो ।
.सबै मजदुर कामदारले बुझ्न सक्ने स्पष्ट भाषा हुनु पर्दछ । छोटो ,मूर्त र बुझ्न सकिने खालको हुनु पर्दछ ।
वीली डिकटका पुस्तक भाषण र चिठीहरुमाहरुमा आन्दोलन र प्रचारको लागि द्वन्दवादी तरिकाको प्रयोग गरिएको छ । कस्तो आन्दोलन र प्रचार हो भन्ने कुरा वास्तविकतामा आधारित रहेर धैर्यतापूर्वक वर्णन गरिएको छ । उनका रचनाहरुमा आफ्नै अनुभवको माध्यमबाट जानकारी दिन खोजिएको छ । आफ्नै अनुभवबाट पार्टीको नीति सही छ भन्ने विश्वास दिलाउन सजिलो हुँन्छ । पढ्ने र लेख्ने बानीको विकास गर्नु पर्दछ । लेखनीमा भाषा सामान्य स्पष्ट र बुझ्न सकिने खालको हुनु पर्दछ ।
वीलि डिकटको शिक्षा अनुसार आजको प्रचलित निम्नपूँजीवादी चिन्तन पद्दतिको स्थानमा सामाजिक यथार्थवादी साहित्यले नयाँ विशेषताको मागहरु गर्दछ ।
धमिलो निम्न पूँजीवादी चिन्तन पद्दतिको विरुद्धमा स्पष्ट अडानको आवश्यकता पर्दछ । माथि उल्लेख गरिएका धारणाहरुले स्पष्ट रुपले निम्नपूँजीवादी चिन्तनका विरुद्ध वैज्ञानिक समाजवाद रहेको धारणा विकास गर्दछ ।
निम्न पूँजीवादी चिन्तन पद्दतिका विरद्ध संघर्षमा भिन्नता देखिन्छ ।
संस्कृतिकर्मीहरुको कामदारसंगको गहिरो सम्बन्ध, उत्पादन र भौतिक परिस्थितिमा आधारित वर्ग संघर्षको बारेमा जानकारी गराउँछ । जसरी माओत्सेतुङले भनेका थिए । क्रान्तिकारी संस्कृतिकर्मीहरु जसको जनतासंग सम्पर्क छैनन उनीहरु सेना बिनाको कमाण्डर जस्तो हुन्छ ।
.अध्ययन गर्ने तरिकामा आएको परिवर्तन र वुर्जुवा संचार माध्यमहरुको अध्यधिक विस्तारले वीली डिकटको भनाईमा तिमी जहिलै नयाँ कुरा संगै रहेका छौ भने जस्तै भएको छ ।
. रुप र सारमा आम सर्वसाधारणको वुर्जुवा संस्कारको मागको बानीले गर्दा माआत्सेतुङको भनाईमा राजनीतिक रुपले प्रगतिशील भएपति कलाको अभाव रहेको कृतिमा कुनै शक्ति हुँदैन ।
.अन्तर्राष्ट्रिय परिस्थिति,वातावरण र मजदुर आन्दोलनका एकता मानवतालाई जोगाउने प्रश्नमा तमाम जटिल, संकट र चुनौतीहरु रहेका छन् ।
वर्तमान सन्दर्भमा अन्तर्राष्ट्रिय आइ. सि. ओ. आरको माध्यमबाट विचारहरुको आदान प्रदानले सामाजिक यथार्थवादी साहित्यको विकास र अन्तरघुलन गर्न मद्दत गर्ने छ । हामी एकआपसमा सल्लाह सुझाव पेश गर्ने छौं र काममा लागू गर्ने छौ ।
क्रान्तिकारी अभिवादन सहित क्रिष्टोफ गार्टनर वीली डिकट फाउण्डेशन प्रमुख
सन्दर्भ सामग्रीहरु
१. माओत्सेतुङ छानिएका रचनाहरु दोस्रो भोलुम पेज न. ३४०
२. साहित्य र कलाबारे १९४२ को ऐनान गोष्ठीको प्रवचन माओत्सेतुङ छानिएका रचनाहरु भोलुम ३ पेज ८६
३ सिद्धान्त रु व्यवहारमा एकता पेज न ३२३
४. सोही पेज न. ३३१
५. माओत्सेतुङको १९४२ को ऐनान गोष्ठीको साहित्य र कलाबारे प्रवचन माओत्सेतुङ छानिएका रचनाहरु भोलुम तीन पेज न. ९०
भावानूवादक ः मनु वि.क.

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित