एकतालाई प्रगाढ बनाऔं

– करन दयाल

एकता बिपरित तत्वको एकता भनिन्छ
बिपरित तत्वको एकता गर्न मुस्किल हुन्छ
बिपरित तत्व सित एकता असहजिलो हुन्छ
बिधिपदति बाँझिन्छ त्यसैले असहजिलो हुन्छ।

एकताका विधि वस्तुपरिस्थितिले तय गर्छ
पुरानै ढंगबाट गयौ भने एकतामा दरार पर्छ
एकताको खाचो अहिलेको समयले माग गर्छ
देशको बिग्रेको अवस्था फेर्न एकता गर्नपर्छ।

देशको समस्या समाधान गर्न एकताको खाचो हो
जनताका समस्या हल गर्न एकता चाहियो
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता हो
देशका समस्या समाधान गर्न बनेको एकता हो।

क्रान्तिकारीहरूको एकतालाई हातेमालो गरौ
क्रान्तिकारी कम्युनिस्ट पार्टीमा संगठित हुने गरौ
देश जनताको हित हुनेगरी पार्टीको विकाश गरौं
एकता सम्बन्धी कुनै किसिमको असन्तुष्टि नगरौ।

कार्यकर्ताको स्थिर जनता भन्दा माथि उठेको हुनेगर्छ
कार्यकर्ताले समाजिक अध्ययनको विकाश गर्ने गर्छ
नेताले समाज सम्बन्धी अनुभूति गरेको पाइने गर्छ
त्यसैले कार्यकर्ताको स्थिर माथि उठेको देखिने गर्छ।

कम्युनिस्ट आन्दोलन गरिब निमुखा जनताको लागि हो
अधिकारबाट बन्चित भएका गरिब निर्धा जनताको हो
एकताबद्ध भई सबको लागि लाग्नपर्ने आन्दोलन हो
यो आन्दोलनको थालनी गरिब पिछडिएका वर्गहरूको हो।

मजदुरका आन्दोलनबाट कमाई होइन अधिकार पाप्त गर्नु हो
मजदुर आन्दोलनले देशको संरचना फेर्न महत्व अनिवार्य हो
गरिब र गरिबी समस्या समाधानको प्रमुख शर्त त्यहि हो
देश सुरक्षित राख्न र देशका जनतालाई सुरक्षित राख्न हो।

त्यसैले यो एकतालाई प्रगाढ बनाएर देश व्यापी बनाउँ
प्रदेश प्रदेशमा एकता गरेर साथै देशको विकाश गरौं
जिल्ला जिल्लामा क्रान्तिकारी कम्युनिस्टका हात बढाउँ
वडा, वडा, टोल, टोलमा जनताको गर्जन हाँकेर लगौं।
( कबिता करन दयाल भारत)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित