प्रवाशी नेपालीहरूमा वैचारिक र सांस्कृतिक अन्यौलताको समस्या

– ई. रमेश खनाल
मेरो घर अर्जुनधारा नगरपालिका वडा नं.९ झापा हो । म अहिले अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएको छु । श्रमिती प्रतिमा भट्टराई र छोरी ऊर्जा खनाल सहित नौ वर्ष देखि अमेरिकामा बस्दै आएको छु। पेशाले म सिभिल इन्जिनियर हु“ । भर्जिनिया राज्यको फेयर फ्याक्ट काउण्टीमा म इन्जिनियरको रुपमा सरकारी जागिरे हु“ ।
मैले बिई पुलचोकबाट र एम. ई. स्वीजरुल्याण्डबाट उतीर्ण गरेको हु“ । नेपालमा रह“दा रसुवा जिल्लाको सानजेन जलबिद्युत आयोजनामा सिभिल इििन्जनियरको रुपमा काम गरेको थिए“ । त्यसबाहेक पनि इन्जिनियरिङ सम्बन्धी अरु काम गरिएको थिए“ ।
मलाई विद्यार्थी काल देखि नै राजनीति, इतिहास, समाज जान्ने उत्सुकता थियो । पुलचोक इििन्जनियरिङ क्याम्पसमा पढ्दा म अखिल छैठौंमा आबद्ध भए“ र राष्ट्रिय परिषद सदस्य सम्म रही काम गरें । मलाई कसैले पनि संगठनमा बोलाएको हैन । म आफै पत्र पत्रिका पढेर अखिल (छैठौं) मा आबद्ध भएको हु“ ।
अमेरिकामा वैध तरिकाले आएका तीन लाख नेपाली छन् । भर्जिनिया राज्यमा मात्र बरिब तीस हजार छन् ।वैध तरिकाले वा डिबी परेर यहा“ आएकालाई खासै समस्या हु“दैन । सुरुमा तीन चार वर्ष अप्ठ्यारो हुन्छ। त्यसपछि सहज हु“दै जान्छ । यहा“ कर तिरिएको हुन्छ ।
यहा“ आएको पहिलो पुस्तालाई वैचारिक र सांस्कृतिक अन्यौलता हुन्छ । छोराछोरी यही हुर्किएका हुन्छन् । उनीहरु सम्पूर्णरुपले अमेरिकी भैसकेका हुन्छन् । अमेरिका आएको पहिलो पुस्तामा नेपाल प्रतिको माया हुन्छ । फर्केर नेपाल जाउ“भने पुनर्स्थापित हुन गाह्रो हुन्छ । फर्केर जाउ“ भने बुढेसकालमा छोराछोरीले फर्किन मानदैनन् । फर्किएपनि समाजमा विदेशबाट फर्किएकोलाई हेर्ने मनोविज्ञान समाजको फरक नै हुन्छ ।
अमेरिकामा नेपालीहरु व्यापार व्यवसायदेखि धेरै पेशा अपनाएका छन् ।यहा“ किस्ता तिर्ने गरी घर किन्न पाईन्छ । सामान्यतया १५ देखि २० वर्षमा नेपालीहरुले घर किन्दछन् । अमेरिकाबाट नेपालको राजनीतिलाई हेर्दा मैले सहजै देख्छु । अरुले जसरी खत्तम भयो भनिरहेका छन् तर मैले नेपालको राजनीतिक भविष्य उज्यालो देखेको छु । विश्वका विभिन्न मुलुकको इतिहास अध्ययन गर्दा अहिले नेपालले हिंडेको बाटो स्वाभाविकै जस्तो लागेको छ । केही वर्षको अन्योल पछि नेपालले आर्थिक विकासमा गति लिनेछ भन्ने विश्वास गर्छु । मेरो नेपाल नै फर्किने मन छ ।छोरी यहीको समाजमा घुलमिल भैसकिछन् । भविष्यमा के हुने हो भन्न सकिंदैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित