यूरोपमा रुस–युक्रेन युद्धको प्रभाव

– राज बेल्बासे
म २०५२ सालतिर अखिल (छैठौं) मा आबद्ध भएको हुँ । जनप्रिय मावि असुरकोट, अर्घाखाँचीमा कक्षा ८ मा पढ्ने बेला म विद्यार्थी संगठनमा आबद्ध भएको हुँ ।
नेपालमा रोजगारीको अभावले गर्दा म भर्खरको युवा उमेरदेखि नै प्रवासिनु प¥यो । मैले भारतमा रोजगारी गरेन । बरु अखिल भारत नेपाली एकता समाजका सम्मेलनहरुमा पुगेको थिएँ । २००३ देखि २००६ सम्म म कतारमा काम गरें । त्यसबेला पनि मैले कतार नेपाली एकता समाजमा काम गरेको थिएँ । रामेछापका राजेन्द्र श्रेष्ठ र अर्जुन थापा, तनहुँका पुष्पलाल श्रेष्ठ लगायतका साथीहरुसित कतार नेपाली एकता समाजमा काम गरेको अनुभव छ ।
कतारपछि म स्पेन आएँ । २००७ देखि २०११ सम्म स्पेनको अलिगञ्चमा रहेँ, त्यसपछि २०११ देखि २०१६ सम्म स्पेनकै वार्सिलोनामा काम गरें र २०१६ देखि अहिलेसम्म म बेल्जियममा रहँदै आएको छु । यूरोपमा लाखौं नेपालीहरु आएका छन् । पोर्चुगलमा मात्र ४० हजार, बेल्जियममा १५ हजार नेपाली रहेको अनुमान छ । यहाँ युरोपमा नेपालका राजनीतिक दलका भातृ संगठनहरु छन् । म पनि यूरोप आएपछि संगठनमा आबद्ध रहेर काम गर्दै आएको छु । स्पेनमा दुर्गा शर्मा र प्रगति शर्मा बेल्जियममा हिमाल थापा, पोर्चुगलमा मिलन थापाजी लगायतका साथीहरुले अन्य साथीहरुले राखेर “एकता समाज” लाई पुनर्गठन गर्ने सोंच बनाएका छौं ।
बेल्जियममा नेपालीहरुले रोजगारी नपाउने, बस्ने कोठा नपाउने जस्ता समस्याहरु छन् । नेपाली राजदुतावाससित खासै गुनासो छैन । उहाँहरुले हामीलाई यूरोपमा रहँदा ध्यान दिनु पर्ने कुराहरुका बारेमा सल्लाह सुझाव दिनुहुन्छ । हामीलाई दुतावास गइरहनु पर्दछ , पासपोर्ट रिन्यू गर्न र कुनै पनि सामाजिक काम वा कार्यक्रम गर्दा दुतावास सितै सल्लाह गरिन्छ ।
यूरोपमा अहिले आप्रवासीहरुको आगमन बढेको छ । खासगरी रुस–युक्रेन युद्धपछि युक्रेनीहरु लाखौंको संख्यामा यूरोप पसेका छन् । यूरोपेली युनियनको संसदले नीति नै पारित गरेको छ कि रोजगारी, बसोबासका लागि पहिलो प्राथमिकता युक्रेनीलाई दिनु । यूरोप पस्दा वित्तिकै युक्रेनीहरुलाई परिचयपत्र दिइन्छ । अर्कोतिर अफगानीहरु पनि यूरोप आएका छन् ।
अहिले यूरोपमा बस्ने कोठा पाउन र रोजगारी पाउन गाह्रो छ । पोर्चुगलमा नेपालीहरुले बस्ने र खाने व्यवस्था नभएर पार्कमा रात बिताएको जानकारीहरु आउने गरेका छन् । युद्धले गर्दा महंगी बढेको छ ।
(भूमिकास्थान न.पा.६,अर्घाखाँची, हाल बेल्जियम)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित