करन दयाल
यात्रीहरूको यात्रा पनि घुमाउरो पाराको हुदो रहेछन
यात्रीहरू पनि धेरै परिकारका हुनुहुदा रहेछन
यात्रीहरूका यात्रा अलग अलग किसमका छन
यी यात्रीहरूको गन्तव्य अलग्गै हुने गरेका छन ।
अर्काको लागि र आफ्नो लागि यात्रा गर्ने गर्दछन
यात्रा एकै किसमको यात्री धेरै किसमका हुने गर्छन्
यात्रीहरूको बाटोले आफै नापिन्छ को कता पर्छन्
आफ्नो यात्राले अर्काको बाटो बनाउने पनि गर्छन् ।
जनसेवक यात्रीहरू निस्वार्थ सिद्धान्तका हुन्छन
जनसेवक यात्रीहरू जनसागरको पीडा हेर्ने गर्छन
जनताका सुखदुखको अवलोकन समिक्षा गर्छन
यी यात्री सर्वहारा सिद्धान्तबाट लैस यात्री हुन्छन् ।
गरिबी समस्या निराकरण गर्ने यात्री सर्वहारा हुन्छन्
माक्र्सवादी सिद्धान्तका पक्षपाती यो बाटो हिडेका छन्
लेनिनबादी संगठनात्मक पदति बुझेर गएका छन्
जनस्वास्थ्यको ख्यालमै चिन्तित भएर निस्वार्थि छन् ।
कयौ यात्रीहरू व्यक्ति स्वार्थको मात्र दियो जलाछन्
त्यो दियो स्वार्थका लागि मात्र जलाउने गरेका छन
स्वार्थ पूरा भइसकेपछि तुम कौन गल्लीका भन्छन
यी यात्रिहरूको निकै ठूलो झुण्ड देखिने गरेका छन् ।
फरक बिचारका यात्रीहरूको गन्तव्य अलग हुन्छ
सर्वहारा सिद्धान्त देखाएर राजनीति गर्ने गरेको हुन्छ
बाहिरी माक्र्सवाद भित्र सांसदवादले घर गरेको हुन्छ
चिप्लो कुराले जनतालाई तुरुन्तै भ्रममा पारेको हुन्छ ।
भ्रामक कुरा जनता विश्वास छिटै हुने गरेको पाइन्छ ।
भ्रामक कुरा झुटो फट्याई हुन्छ तर निकै आकर्षक हुन्छ ।
जन्ताले सत्य होकि भनेर दलाल नेताकै कुरा सुनेको हुन्छ ।
जनताले संसदबाटोमा पु¥याइ दिएपछि नेता भुलिदिन्छ ।
यो बाटोका यात्री सांसदवादी मात्रै हुन भन्ने प्रमाणित हुन्छ
चिप्ला चिल्ला कुरा तात्कालिनका लागि राम्रा लाग्ने हुन्छ
चिल्ला भ्रामक कुराको परिणाम तुरुन्तै पाउने गरेको हुन्छ
रणनीति सांसदबाद छ भने त्यसको गन्तव्य सांसद हुन्छ ।
यात्रीहरूलाई बेलाबखतमा चिन्ने गर्नपर्छ जनताहरूले
थोरै पैसाको लालच देखाउँछ ध्यान गरौं जनताहरूले
माक्र्सवाद हामी मात्र भन्छन ख्याल गरौ जनताहरूले
लगानी बिनाको मुनाफा भन्छ बिचार गरौ जनताहरूले ।
यी यात्रीहरू कमाई बिना रत्तिभर हिड्न सक्दैनन्
व्यक्ति पसल चलाउने काम गर्छन जनताको गर्दैनन्
आफ्नो जीत सुनिश्चित गरेपछि जनतालाई चिन्ने गर्दैनन्
त्यसैले यी लालची यात्रीहरू जनमुखी कहिलै हुदैनन् ।
देश र जनताका हितका यात्रीहरू माक्र्सवादी यात्री हुन
माक्र्सवादी यात्रिहरू जनहीतका लागि बचिरहेका हुन
जनहीत यात्रीहरू सर्वहारा सिद्धान्त बोकी हिंडेका हुन
निस्वार्थ हुने गरेका यात्रीहरू गरिब सर्वहाराका नेता हुन ।
हामी सबै यात्री हाम्रो यात्रा कताको यात्रा गर्दैछ हेर्नुपर्छ
हाम्रो यात्राले देश जनताको लागि कामगर्ने यात्रा हुनुपर्छ
हाम्रो यात्रा जनता समस्या समाधान गर्ने यात्रा हुनुपर्छ
हाम्रो यात्रा गरिव समस्या निवारण गर्नको लागि हुनुपर्छ ।
यात्रा सहज र सहुलियतपूर्ण बनाउनु जनमुखी यात्रा गर
लेनिनले भने झैं एक कदम अगाडि दुई कदम पछाडि गर
जनतामा समाजिक जोस जागरुक छ दुई कदम पछाडि गर
जनतामा निराशाजनक रूप देखिन्छ भने नेता अगाडि सर।
महान विचारक कमरेड भलादमिर लेनिनको भनाई हो
त्यसैले लेनिनवादी संगठनात्मक पद्धति अध्ययन गर्न हो
विश्व कम्युनिस्टका अगुवा गुरूहरूको अथक अर्ति हो
माक्र्स लेनिन माओका विचारधारा ज्ञानको अविरल यात्रा हो

