एकता अधिवेशन सम्पन्न

दिल्ली, भारत । अखिल भारत नेपाली एकता समाज पश्चिम उत्तर क्षेत्रीय समिति र अखिल भारत प्रवासी नेपाली एकता समाज दिल्ली एन.सी.आर.राज्य समितिको ४ अगस्त २०२४ का दिन एकता अधिवेशन फरिदाबादमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता बाबुराम बस्नेतले गर्नु भएको थियो । अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई शब्दबाट केवल बहादुर बुडाथोकीले स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य श्री खगेस्वर शर्माले दिप प्रज्वलन गरी एकता अधिवेशनको उद्घाटन गर्नु भएको थियो । एकता अधिवेशन सफलताको शुभकामना दिनेहरूमा केन्द्रीय सदस्य तथा भिवाडि नगर अध्यक्ष अमृतकुमार के. सी., केन्द्रीय समिति सदस्य भुमिशरा बुढाथोकी, केन्द्रीय सदस्य कोषप्रसाद पौडेल, हरि थापा गाजियाबाद, मोतिराम संन्यासि ग्रेटर नोएडा, फरिदाबाद नगर अध्यक्ष बिनिमाधव शर्मा, एरिया अध्यक्ष किशन पुन, क्षेत्रीय महिला विभागकी अध्यक्ष सिमा क्षेत्री लगायत रहनुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सचिव नारायण शर्माले पश्चिम उत्तर क्षेत्रीय समितिको प्यानल प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । अधिवेशनले बाबुराम बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय पश्चिम उत्तर क्षेत्रीय समितिको गठन गरेको छ । उपाध्यक्षमा हरि थापा (गाजियाबाद), सचिवमा शम्भु थापा (सोनिपत), सहसचिवमा अमृतकुमार केसी (भिवाडि) र कोषाध्यक्ष खेम न्यौपाने (फरिदाबाद) रहनुभएको छ । समितिको सदस्यहरुमा बिनि माधब पौडेल (फरिदाबाद), मधु भुषाल (फरिदाबाद), किशान पुन (फरिदाबाद), नवीन खनाल (फरिदाबाद), बाबुराम खड्का (भिवाडि), लालु माया थापा (दिल्ली), शुनिल विसी (भिवाडि), नरेन्द्र थापा (भिवाडि), बिरू चन्द (फरिदाबाद), तुल्सी गैरे (गुडगाउ), खिम बहादुर विक (पानिपत), अयोध्या चालिसे (फरिदाबाद), थमन थापा (फरिदाबाद), बुद्धि बहादुर सिङजाली (गुडगाउ, मानेश्वर), मोतिराम संन्यासी (ग्रेटर नोएडा), गोपाल परियार (जयपुर), किसन बहादुर सुनार (रोतहक), रेशमा शर्मा (नोएडा), सुरेन्द्र सिंह (नोएडा), विष्णु शर्मा (नोएडा), धर्म राज बि क (नोएडा), रमेश गैरे (दिल्ली),मोहन केसी (नोएडा), मिना थापा (सोनिपत), लव बहादुर थापा (सोनिपत), केबल बहादुर बुढाथोकी (फरिदावाद) र विकाश क्षेत्री (फरिदाबाद) रहनु भएको छ । नबगठित समितिलाई केन्द्रीय सचिव नारायण शर्मा, केन्द्रीय सदस्य सिमा क्षेत्री र केन्द्रीय सदस्य खगेश्वर शर्माले बधाइ दिनु भएको थियो । कार्यक्रमको संचालन सम्भु थापाले गर्नु भएको थियो । – नारायण शर्मा

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित