–करन दयाल
दलित आफ्नै पीडामा छट्पटिएको छ
जिउ ज्यान धान्न मुस्किलमा परेको छ
दलित जाति बेसहारा हुन्छन सहारा कतै
मिल्दैन काममा उपयोग मात्रै गरिन्छ ।
दलितका कैयौं जातहरू भका पाइन्छन्
एकले अर्काेलाई घृणित गरेको पाइन्छन्
दलितका धेरै जातले गर्दा पनि ओझेलमा
परिरहेका छन कि भन्ने संकाए भका छन ।
दलितहरू सीप कलाका धनी मानिन्छन
दलित सिपालु पोख्त कलाकर्मी छन
दलितको सम्पत्ति धेरै हुनुपर्ने हो त्यो बेला
खान लाउनसम्म पनि अपुग भका हुन्छन् ।
दलित मानव समाज परिवर्तनदेखि सृजित छ
त्यै अवस्थादेखि कलाकारमा पोख्ता देखिन्छ
त्यो अवस्थाको कलाकर्मी धन सम्पत्तिबाट
उच्चस्तरीय विकास हुनुपर्ने तर पिसिएको छ ।
त्यसबेला सिपकलाको पूर्ण भुमिका थियो
सीपकला धनवान गुणवान धैर्य दलित थियो
यी आवश्यकता दलितहरूको संरचना भएको
देखिन्छ तर दलितको संरचना बन्चित भयो ।
जन्म जात दलित सृजित छ दलित माथि आएन
दलितमाथि अत्याचार थप भयो इज्जत हुँदै भएन
दलित सृजनाका फुल झै फुलिगरिरहेका थिए
त्यसबेला उहाँको मान हुनु पर्ने थियो तर भएन ।
इतिहास हेर्दा काम गर्ने कालु मकै खाने भालु भाछ
दलितले काम मात्रै गर्ने फल अरूले खाने नियम रछ
दलितले पीडा भोग्न पर्ने भाग्य कर्म त्यही हुने काम
मात्रै गर्न पर्ने दलित जातिहरूको इतिहास यस्तो रछ ।
दलितले संरचना बनाएका इतिहास जीवित छन्
त्यसबेलाका इतिहासकारको जयजयकार भ छन्
दलितहरूको मस्तिष्कमा सेवा सत्कार मात्रै गर्ने हो
दलितलाई दमित गर्नै पर्ने जाति धर्म हो भन्ने ठान्छन् ।
त्यो बेला नियम दलितको लागि बनेको थियो
जुनसुकै काम गर्नै पर्ने दलितको बाध्यता थियो
दलितले अस्वीकार गरेको खण्डमा बहिष्कार
देशै छोडेर दलित मुग्लान पठाउने नियम थियो ।
दलित हिन्दु हो हिन्दु संस्कारबाट बन्चित पारेको छ
हिन्दु धर्मका परिधिभित्र दलित अन्यायमा परेको छ
वेदपुराण पढ्ने बेला सुन्ने दलितको कानमा सिसा
पिगालेको पानी हालेर कान फुटाल्ने नियम र छ ।
जंगबहादुर राणाको मुलुकी ऐन दलितमाथि बर्सिन्छ
वेदपुराण पढिरहेका बेला दलितले हेर्न सुन्नु बन्चित छ
अचानक बाटो परेछ उनीहरूका वेदपुराण सुनियो भने
फलामको रड तताएर आँखा फुटाउने चलन रहेछ ।
आउने जाने बाटोमा पनि दलितले डरेरै जानु पर्ने
बाटोमा हिडं्दा कार्वाही खेप्न तयार भइरहनु पर्ने
यस्ता कुख्याति अप्ठ्यारा बाटाहरूलाई पार गर्दै
दलितहरूले त्यही रूपमा अझसम्म अपहेलितै हुने ।
दलित जातिहरू अहिले पनि त्यही अवस्थामा छन्
आज पनि दलितको अधिकार देखाउनु मात्रै बनेछन्
दलितले त्यो बेलाको कठिन अवस्था झेल्दै आएको
आज लिखित रूपमा नियम बने पनि दलित बन्चितै छन् ।
दलितले पाउने अधिकार दुई प्रतिशत पनि पाको छैन
दलितको लागि नियम त लेखिएको छ तर लागु भैन
देश जनताको सुरक्षा सहुलियतको लागि देशको भाग्गे
बदेल्न नियम कानुन भयो तर दलितका लागि लागु छैन ।
दलितको लागि त्यो बेला दलित दमन गर्ने कानुन थियो
दलित विरोधी समाजको तीव्र रूपमा बोलवाला थियो
काम दलितले गर्नै पर्ने दलितले गरेका कामको ज्याला
सही ढंगले नदिएपछि पनि बोल्न नपाउने चलन थियो ।
त्यस्तो अवस्था पार गर्दै दलित यहाँसम्म पुगेका छन्
अहिले त दलितहितको कानुन बनिसकेको छ भन्छन्
दलितलाई अधिकार दिएको खै ? पुर्ण रूपमा स्वतन्त्र
दलित छैन सबै अधिकारहरूबाट दलितहरू बन्चित छन् ।

