देशको वेदना

– देवी रिजाल, चेन्नै

 

(तीज गीत)
वर्ष दिनमा तीज आँउदा खुसी छायो सबैमा
हाम्रो देशका शासकको सुनौ बईन

सत्ता र कुर्चीको मोह सत्ताधारीलाई
विश्वासको मत पनि भ्रष्टचारीलाई
जनताको चिन्ता छैन सत्ताधारी नेतालाई
चुनाव जित्न गाउँमा आउँछन भोट माग्नलाई

सिट नपाए आत्तिनि सिट पाए मात्तिनी
कति भोग्ने जनताले तिनको सास्तीनी
भत्ता र सत्ताले भ्रष्टाचारी मोटाए
देशको विकास गर्छौ भनी जन्ता लोटाए

सडक र आकाशमा बढ्दै गए दुर्घटना
भ्रष्टाचारी सरकारलाई छैन लाज शर्म
भुकम्प र बाढीले जनतालाई सतायो
त्रिशुली नदीले बसै बगायो ।

पाँच दर्जन भन्दा धेरै यात्रु थिए बसमा
झेलबाट हाम्फालेर बचे तीन जना
बस खस्यो भन्दै सबै चर्को स्वरमा कराए
हेर्दा हेर्दै बस र यात्रु सबै हराए

उर्लि आयो त्रिशुली बस र यात्रु बगायो
खोज्दा खोज्दै निरमोहीले भारत पुरायो
केही लास भेटिए केही लास बेपत्ता
मृतकका परिवारलाई भयो आपत

वर्षौदेखि बाटो खन्ने बजेट त्यहा परेनी
सरकारलाई मतलब छैन जति मरेनी
रेमीट्यासको भरमा सरकार चलाउने
डलरमा युवा बेची नेता रमाउने

जति सरकार फेरे पनि देशको विकास भएन
विदेश जानी रोइलाले हाम्लाई छोडेन
नक्कली शरणार्थी भुटानी बनाइ
नेताले मस्ती गरे डलर कमाई

चुपलागी नबसौ फर्कौ अव स्वदेशमा
संगठित हुनलाई जुटौ विदेशमा

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित