– सीता बि क, चेन्नै
फेरि पनि घुमीफेरी तीज आउँछ भनेर ।
हामी चेली बसेका छौं दिन गनेर ।।
बोल्छु मैले देशको बारे मनमा कुरा लाएको ।
छैनम हामी नेपालीले सुख पाएको ।।
वर्षै पिच्छे नेताहरू फेरिँदै गाका छन् ।
पढे लेख्या युवाहरू विदेश धाका छन् ।।
उच्च शिक्षा पढ्न भनी विदेश जान्छन विद्यार्थी ।
नेता मिली बनाइ बेच्छन नक्कली शरणार्थी ।।
सत्ता अनि कुर्चीको पिर नेता जति सबैलाई ।
जनताको वास्ता छैन भ्रष्ट सरकारलाई ।।
अब हामी जनता सधैँ चुप बस्न हुँदैन ।
चिप्ला भाषण मात्र भयो विकास हुँदैन ।।
कति जनता मरेका छन् कति भए बेपत्ता ।
गठबन्धन बनाई बनाई खाँदैछन भत्ता ।।
सुशासन र समृद्धिको लडाइ हामी लडौं ।
भ्रष्टाचारी नेता हटाई देश बचाउँ ।।
चुलो चौको गर्ने चेली राष्ट्र हाँक्ने भाका छन् ।
संसदमा ३३ % महिला गाका छन् ।।
नारी सबै जुटेर दुःख हाम्ले विसाउ ।
पुरूष प्रधान समाजलाई सबक सिकाउ ।।
भयो अब दुःख लेख्ने राख्छु मेरो कलम ।
यो गीतको अन्तिम भयो लाल सलाम ।।
(तीज गीत)

