जाम भो साथी संगी अब विदेश छोडेर

रचना/शब्द माया हमाल, चेन्नै

नारी महान् चाड आयो घुम्दै फिर्दै आँगन
नारी महान् चाड आयो घुम्दै फिर्दै आँगन
यो तीजको सबैलाई शुभकामना,,,,४

बर्खे झरी झमझमती एकानासै दर्केको
बर्खे झरी झमझमती एकानासै दर्केको
मुग्लिङ सडक राजमार्गमा पहिरो गएको

रात्रीबस गुड्दै थियो यात्री बोकी सडकमा
रात्रीबस गुड्दै थियो यात्री बोकी सडकमा
त्यही पहिरो ले बगाई लग्यो त्रिशुलीमा

६५ यात्री मध्य बाच्न सफल भए ३जना
६५ यात्री मध्य बाच्न सफल भए ३ जना
झेल बाटै हामफालेर पौडी खेलेर

नभेटियो बस हजुर न त भेटे लास
नभेटियो बस हजुर न त भेटे लास
सबै यात्री सिमलतालमा भए बेपक्ता

त्यही पुरानो खटरमा गुडनु उडनु हामलाई छ
त्यही पुरानो खटरमा गुडनु उडनु हामलाई छ
जहाजवाहान दुर्घटनामा परि मर्नु छ

नेपाल राष्ट्र दुःखी छ है जनता उस्तै भएर
नेपाल राष्ट्र दुःखी छ है जनता उस्तै भएर
तिनै नेता फटाहाको पछि लाएर

गणतन्त्रभित्र नै लुटतन्त्रनै मच्चाए
गणतन्त्रभित्र नै लुटतन्त्रनै मच्चाए
नेपाल राष्ट्र चिरा पारी आफै रमाए

संसदको टेवल ठटाई खै के पो गरे
संसदको टेवल ठटाई खै के पो गरे
आफ्नै पेटलाई जाउलो भर्नी दुनो सोझाए

तस्करी र महंगीले जनतालाई मारेछ
तस्करी र महंगीले जनतालाई मारेछ
खाडी मुलुक विरानो देश पुग्नु परेछ

बाध्य भाछन युवा विदेश पुगी झुण्डी मर्न
बाध्य भाछन युवा विदेश पुगी झुण्डी मर्न
हिँडदा हिँड्दै बाटैघाटै हुन्छ दुर्घटना

विदेशमा मरण भयो नेपालीको सस्तो
विदेशमा मरण भयो नेपालीको सस्तो
ए सरकार आफ्ना जनता फर्काउ है छिटो

एकताको रातो झण्डा हातैमा समाएर
एकता रातो झण्डा हातैमा समाएर
जाम भो साथी संगी अब विदेश छोडेर

(तीज गीत)

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित